Wednesday 2nd April 2025

अमेरिकाको ४७ औँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित


अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डोनाल्ड ट्रम्प निर्वाचित भएका छन्। मतगणना जारी रहँदा उनले राष्ट्रपतिका लागि आवश्यक २ सय ७० सिटमा २ सय ७७ सिट आफ्नो पक्षमा पार्दै जित निश्चित गरेका हुन्। ट्रम्पले सानदार र फराकिलो जित निकाल्ने क्रममा केही राज्यको मतगणना बाँकी हुँदै जित आत्मसाथ गरे।

कमला ह्यारिसले भने २ सय २४ सिट पुरा गरेकी छिन्। जितसँगै ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपति निर्वाचित भए। उनी यसअघि ४५ औं राष्ट्रपतिका रुपमा निर्वाचित भएका थिए। तर लगातार दोस्रो पटक राष्ट्रपति बन्ने उनको सपनामा जो बाइडेन बाधक बन्दा उनले तेस्रो प्रयासमा दोस्रो पटक राष्ट्रपति बन्न सफल भए।

जित निश्चित भएपछि आफ्ना समर्थकलाई सम्बोधन गर्दै उनले धन्यवाद दिएका थिए। उनले एलन मस्क लगायत सम्पूर्ण अमेरिकीहरूलाई सहयोगका लागि धन्यवाद दिँदै अमेरिकाले पुन एकपटक जितेको बताए। उनले जितका लागि केही सिट आवश्यक भएको अवस्थामा आफू ४७ औं राष्ट्रपति बनेको घोषणा गरेका थिए। उनले अमेरिकी जनताले अभूतपूर्व जनादेश दिएको भन्दै सबैलाई धन्यवाद दिए।

ट्रम्पको जितमा ‘स्विङ’ राज्यका रुपमा परिचित राज्यहरू निर्णायक थिए। जसमा सबैभन्दा धेरै सिट रहेको पेन्सिलभेनियाको १९ सिट जितेसँगै ट्रम्पले मतगणना बाँकी रहँदै जित निश्चित गरेका हुन्। उनले राष्ट्रपति निर्वाचित हुनका लागि निर्णायक मानिएका ७ ‘स्विङ’ राज्यमै अग्रता बनाएका छन्।

जसमा मतगणना सम्पन्न भएको नर्थ क्यरोलिना, जर्जिया र पेन्सिलभेनियामा जित हासिल गर्न सफल भए। नर्थ क्यारोलिनामा १६ सिट रहँदा जर्जियाको १६ सिट पनि आफ्नो पक्षमा पारे। त्यस्तै पेन्सिलभेनयाको १९ सिट जित्दै सहज रुपमा राष्ट्रपति निर्वाचित हुने बाटो पक्का गरेका हुन्। यसअघि जो बाइडेनसँगको प्रतिस्पर्धामा ट्रम्पले ७ ‘स्विङ’ राज्य मध्ये ६ वटा गुमाएका थिए।

अमेरिकामा कुल ५ सय ३८ सिट मध्ये जितका लागि केवल २ सय ७० सिट आवश्यक पर्दछ। अहिले सम्मको काउन्टिङमा कुनैपनि राज्यमा अनपेक्षित नतिजा आएको छैन्। अर्थात ब्लु स्टेटका रुपमा चिनिने राज्यमा कमला ह्यारिसले अग्रता बनाउँदा रेड स्टेडका रुपमा परिचित राज्यहरूमा डोनाल्ड ट्रम्पले नै अग्रता बनाएको छ। राष्ट्रपतिको निर्वाचनमा निर्णायक मानिएको ‘स्विङ’ स्टेटहरुमा ट्रम्पले बाजि मार्दा कमलाको पहिलो महिला राष्ट्रपति बन्ने सपना पुरा हुन पाएन।

राष्ट्रपतिको निर्वाचनसँगै अमेरिकी संसद्को दुबै सदन सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभमा ट्रम्पको पार्टी रिपब्लिकनले अग्रता बनाएको छ। यस्तोमा सिनेटमा भने ट्रम्पको पार्टीले बहुमत सहितको जित निकालेको छ। यसअघि ट्रम्प २०१७ देखी २०२१ सम्म राष्ट्रपतिका रुपमा कार्यभार समालेका थिए।

त्यसपछि भएको निर्वाचनमा ट्रम्प जो बाइडेनसँग पराजित भएका थिए। अमेरिकी कानुन अनुसार एक व्यक्तिले २ कार्यकाल राष्ट्रपतिको रुपमा विताउन पाउने छन्। लगातार दोस्रो कार्यकाल हारेपनि ट्रम्पले लगातार तेस्रो पटक चुनावमा भाग लिएर दोस्रो पटक राष्ट्रपति बनेका हुन्।


सम्बन्धित शीर्षकहरु

ज्याक्सन ओस्वाल्ट तपाईंको औसत १२ वर्षको केटा थिएनन्। जबकि उनको उमेरका धेरैजसो केटाकेटीहरू भिडियो गेम खेलिरहेका थिए वा बाइक चलाइरहेका…

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार भने कि मन्त्रीहरूले हमासमाथि सैन्य दबाब बढाउन रातारात मतदान गरे, गाजा पट्टीमा राखिएका बन्धकहरूलाई मुक्त गर्न…

म्यानमारमा शुक्रबार ७.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ भने भूकम्पमा परी मृत्यु हुनेको संख्या १६४४ पुगेको त्यहाँको सैनिक सरकारले जनाएको…

प्रतिकृयाहरू
...