Monday 12th October 2026

जन-जागृतिको सहयोगमा कैलालीकी मनिषा नेपालीको शव नेपाल पठाइयो


तीतोपाटी – वैदेशिक रोजगारीको क्रममा कुवेतमा कार्यरत रहि स्वदेश फर्कने समयमा झुण्डिएर आत्महत्या गरेकी कैलालीकी मनिषा नेपालीकोको शव नेपाल पठाइएको छ । जन-जागृति युवा समाज कुवेतको समन्वयमा नेपालीको शव आज ९ सेप्टेम्बर साँझ नेपाल पठाइएको हो । शव पठाउन लाग्ने दस्तुर (एयरवे बिल) बापतको ३ सय ८५ दिनार जन-जागृति युवा समाजले दाताहरूको सहयोगमा जम्मा गरी उपलब्ध गराएपछि दूतावासले सम्पुर्ण कागजी प्रकृया पुरा गरि नेपालीको शव पठाएको हो ।

नेपाली राजदूतावासका अनुसार राहदानी नं. PA0065942 भएकी २९ वर्षीया नेपाली वैदेशिक रोजगारीको प्रकृया बिना अवैधानिक बाटो हुँदै कुवेतमा काम गर्न आएकोमा करार पुरा भइ स्वदेश फर्कन टिकटसमेत लिइसकेकोमा गत जुलाइ २५ मा झुण्डिएर आत्महत्या गरे पश्चात आर्थिक अभाव हुँदा सभान फरेन्सिक सेन्टर मातहत शवगृहमा थन्किरहेकोमा दूतावासमार्फत जन-जागृति युवा समाजको जानकारीमा आएपछि समाजले सहयोगीहरूमार्फत संकलित रकम दूतावासलाइ हस्तान्तरण गरेपछि शव नेपाल पठाउन सम्भव भएको हो ।

नेपालीको शव एअर अरेबियाको अहिले साँझ १८ः३० बजेको उडानबाट सारजाह हुँदै नेपाल जाँदैछ भने भोली बिहान ८ः१५ बजे काठमाण्डाैं पुग्नेछ ।


सम्बन्धित शीर्षकहरु

सुडान र इजिप्टको सीमावर्ती क्षेत्रमा रहेको एक सुन खानीमा भएको हवाई आक्रमणमा कम्तीमा ७२ जना मजदुरको मृत्यु भएको छ। सुडानी…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी…

१२ अक्टोबर २०२६ | अन्तर्राष्ट्रिय समाचार , साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको भनिएको हुथी आक्रमणमा…

प्रतिकृयाहरू
...