Thursday 3rd July 2025

रोनाल्डोको निर्णयक गोलमा पोर्चुगलको जित


क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा पोर्चुगलले युइएफए नेसन्स लिगमा स्कटल्याण्डलाई पराजित गरेको छ।

गएराती सम्पन्न खेलमा पोर्चुगलले स्कटल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो। १-० ले पछि परेको पोर्चुगलले खेलको दोस्रो हाफमा दुवै गोल गरेर जित हासिल गरेको थियो। पोर्चुगलको जितमा ब्रुनो फेर्नानडेज र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए।

फेर्नानडेजले खेलको ५४औं र रोनाल्डोले खेलको ८८औ मिनेटमा गोल गरेका थिए । त्यस्तै स्कटल्याण्डका लागि स्कट म्याकटोमिनीले गोल गरेका थिए।

यो जितसँगै पोर्चुगलले युइएफए नेसन्स लिगमा लगातार दोस्रो जित हासिल गरेको छ र समूह एक मा ६ अंकसहित शिर्ष स्थानमा रहेको छ। त्यस्तै स्कटल्याण्डले भने लगातार दोस्रो हार बेहोरेको छ।


सम्बन्धित शीर्षकहरु

एएफसी एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८-० गोलले पराजित गरेको छ  । उज्वेकिस्तानमा भएको खेलमा नेपालले…

वासिङ्टन: राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार इजरायलले गाजामा ६० दिने युद्धविरामको लागि सर्तहरूमा सहमति जनाएको र अवस्था बिग्रनु अघि हमासलाई सम्झौता…

चर्चित हास्यकलाकार केदार घिमिरे अर्थात "माग्ने बुढा"को शिर्ष भूमिका रहेको नेपाली चलचित्र "माग्ने राजा" को टिजर सार्वजनिक भएको छ। आउदो…

प्रतिकृयाहरू
...