Friday 15th November 2024

भारतिय वायुसेनाको विमानसहित रक्षा मन्त्री स्वयं आफ्ना मृतक एवं घाईते लिन नेपाल आए


केन्द्रीय मन्त्री रक्षा खडसेले नेपाल बस दुर्घटनामा परी घाइते भएकाहरुलाई त्रिभुवन विश्वविद्यालय शिक्षा अस्पताल काठमाडौंमा भेटेकी छन् । यस क्रममा उनीसँगै नेपालका गृहमन्त्री रमेश लेखक पनि थिए ।

महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले दुर्घटनाको बारेमा एक विज्ञप्ति जारी गर्दै भने, “मैले हिजो भएको दुखद घटनाको बारेमा रक्षा मन्त्रालयसँग कुरा गरेको छु। गृहमन्त्री आफैले जनतालाई सहयोग गर्न नोडल अफिसर नियुक्त गर्नुभएको छ।

उनीहरुलाई गोरखपुरबाट नासिक ल्याउन वायुसेनाको विमानको व्यवस्था गरिएको र घाइतेहरुको उपचार भइरहेको सीएम शिन्देले बताए ।

शुक्रबार भारतीय नम्बर प्लेट भएको बस नेपालको मर्स्याङदी नदीमा खसेर ठूलो दुर्घटना भएको थियो । बसमा ४० जना सवार थिए, जसमध्ये २७ जनाको मृत्यु भएको थियो।

बसमा सवार सबै ४० यात्रु महाराष्ट्रका थिए र उत्तर प्रदेशबाट बसमा नेपाल प्रवेश गरेका थिए ।

यो बस पोखराबाट काठमाडौं जाँदै थियो । राजधानी काठमाडौंबाट ११८ किलोमिटर टाढा नेपालको तनहुँ जिल्लामा यो दुर्घटना भएको हो । बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा किरात याक्थुङ चुम्लुङद्वारा आयोजित बलिहाङ तङनाम ५०८४ देउसी भैलो २०८१ कार्यक्रम, अध्यक्ष लिला चेम्जोङको सभापतित्वमा गोरखा किचन, सालमिया सभाहलमा…

लन्डन: ओमानी अन्तरिक्ष स्टार्टअप ओमान लेन्सले देशको पहिलो पूर्ण उपग्रह प्रक्षेपण गर्‍यो, जसले मस्कटलाई सहरी योजना, वन अनुगमन, र विपद्…

हाम्रो आकाश मण्डलमा अनेकौ ग्रह उपग्रह, छुद्र ग्रहहरु घुमिरहेका हुन्छन । पूर्बीय दर्शन ज्यातिस शास्त्रका अनुसार ती ९ ग्रह र…

प्रतिकृयाहरू
...