Wednesday 15th July 2026

३७ वर्षीया सिनावात्रा थाइल्याण्डको नयाँ प्रधानमन्त्री


थाइल्याण्डको नयाँ प्रधानमन्त्रीमा पाएटोङ्टार्न सिनावात्रा निर्वाचित भएकी छिन्।

शुक्रवार थाइल्यानडको संसदले ३७ वर्षीया सिनावात्रालाई देशको नयाँ प्रधानमन्त्रीमा निर्वाचित गरेको हो।

गठबन्धनमा रहेका अन्य १० दलमध्ये कसैले पनि विकल्प अघि नसारेपछि फेउ थाई पार्टीले बिहीवार पाएटोङ्टानलाई आफ्नो प्रतिस्थापन उम्मेदवारको रूपमा चयन गरेको थियो छ।

फेउ थाइ पार्टीले थाइल्याण्डको राजनीतिमा प्रभावशाली परिवार मानिने सिनावात्रा वंशका तेस्रो सदस्य पेटोङ्टार्नलाई प्रधानमन्त्री बनाउने निर्णय गरी संसदीय प्रक्रियामार्फत् अनुमोदनका लागि शुक्रवार नै संसदमा प्रस्तुत गरेको थियो।

पाएटोङ्टार्नका बुबा थाक्सिन सिनावात्रा र फुपु यङलिङ सिनावात्राले यसपहिले नै प्रधानमन्त्रीको रूपमा सेवा गरिसकेका छन्। थाइल्याण्डको संवैधानिक राजतन्त्रको इतिहासमा उनी सबैभन्दा कान्छी नेता हुन्।

राज्यको संवैधानिक अदालतले निवर्तमान प्रधानमन्त्री श्रेता थाभिसिनलाई फौजदारी अभियोग लागेका व्यक्तिलाई मन्त्री नियुक्त गरेको भनी अदालतमा दायर मुद्दामाथि सुनुवाईपछि दोषी ठहर गर्दै पदमुक्त गरिएको थियो।

सेना, राजावादी दलहरू र टेलिकम टाइकून तथा कुनै समय म्यानचेस्टर सिटीका मालिकसमेत बनेका पूर्वप्रधानमन्त्री थाक्सिनसँग जोडिएका पपुलिस्ट पार्टीहरूबीच लामो समयदेखिको तनावपछि निवर्तमान प्रधानमन्त्री स्रेथाको बहिर्गमन भएको थियो। रासस


सम्बन्धित शीर्षकहरु

सांसद ज्ञानेन्द्र शाहीले संसदमा दिएको अभिव्यक्ति नेपालको पछिल्लो राजनीतिक संस्कृतिको एउटा गम्भीर बहससँग जोडिन्छ लोकतन्त्रमा कुनै पनि जनप्रतिनिधिलाई सरकार, दल…

कुवेतमा जुलाई १६ पछि वर्षकै सबैभन्दा तातो मौसम सुरु हुने भएकाले विद्युत्, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले नागरिक र बासिन्दालाई…

“आपसी एकता हाम्रो उद्देश्य, समृद्ध समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मूल नाराका साथ सन् २०१७ मा स्थापना भएको नुवाकोट धादिङ…

प्रतिकृयाहरू
...