Wednesday 26th August 2026

FNJ कुवेतको सचिवमा शेर्पा


नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको सचिव पदमा आङकाजी शेर्पा (आकाश) नियुक्त भएका छन् । कुवेतको फर्वानियस्थित एभरेस्ट नेपाली रेष्टुरेण्टमा सम्पन्न वैदेशिक शाखा कुवेतको विशेष बैठकले शेर्पालाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

केही दिन अघि निवर्तमान सचिव हरी बानियाँले सचिव पदबाट दिएको राजिनामालाई उक्त बैठकले स्वीकृत गरेसंगै सचिवमा शेर्पालाई नियुक्त गरि कार्यभार समेत सुम्पिएको छ । सचिवमा शेर्पाको नियुक्तिले पत्रकार महासंघ कुवेत शाखाको कार्य-सम्पादनमा थप गति मिल्ने अपेक्षा गरिएको छ । नवनियुक्त सचिव शेर्पा कुवेतबाट संचालित परदेशी खबर डट कमको कार्यकारी सम्पादक हुन् ।

अध्यक्ष राज मल्लको अध्यक्षतामा बसेको बैठकले गत अगस्ट २ तारिख सम्पन्न शाखाको १५ औं स्थापना दिवस तथा विदेश विमर्श कार्यक्रमको समिक्षा गर्दै सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्साल, अतिथिहरु, मूख्य प्रायोजक अल मुजैनी एक्सचेन्ज, मिडिया पार्टनर, वक्ता, सहजकर्ता लगायत सो कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त समेत गरेको छ।



सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...