Friday 25th October 2024

क्यान्सर पीडितको उपचार सहयोगार्थ ११ लाख ४८ भन्दा बढी संकलन गरी सहयोग हस्तान्तरण


नेपालकी एक क्यान्सर पीडित महिलाको उपचार सहयोगार्थ नेपाली रूपैया ११ लाख ४८ हजार भन्दा बढी रकम संकलन गरि पीडितलाइ हस्तान्तरण गरिएको छ । खोटाङको बराहपोखरी २ सुन्तले माइती र गोर्खाको गण्डकी गाउँपालिका ५ घर भइ हाल ललितपुरको एकान्तकुना बस्दै अाएकी क्यान्सर पीडित निरमाया थापा मगरलाइ विश्वभर छरिएर रहेका खोटाङेहरूको सहयोगमा सो रकम संकलन गरि पीडितलाइ हस्तान्तरण गरिएको हो ।

सहयोग हस्तान्तरण भए लगत्तै मिडियासँग कुरा गर्दै पीडितका भाइ एवं सामाजिक अभियन्ता केदार अाले मगरले क्यान्सर पीडितको उपचार सहयोगार्थ संचालन गरिएको अभियानमा अार्थिक सहयोग गर्नुहुने समस्त मनका धनी घरदेशी तथा परदेशी अार्थिक योद्दाहरू एवं सम्पुर्ण अभियन्ताहरू प्रति हार्दिक अाभार तथा धन्यवाद व्यक्त गरेका छन् ।

अालेका अनुसार, खोटाङ जिल्ला बाराहापोखरी गाउँपालिका २ सुन्तले खण्डपुरमा जन्म भई गोर्खा जिल्ला गण्डकी गाउँपालिका ५ रामपुरका हिरा थापा मगर सँग बिबाह गरि कर्म घर गरि रहेकी क्यान्सर पिडित निरमाया थापा मगरको उपचार सहयोगार्थ सहयोगार्थ निरमाया थापा मगर बचाउ अभियानमा आफन्त,शुभेच्छुक, अभियान्ता,सहयोगी मनहरुको सहयोग र पहलमा रु ११ लाख ४८ हजार ६७० रुपैया सहयोग जुटेको हो।

सुन्तलेबाट २८ वर्ष अगाडी गोर्खाको गण्डकी गाउँपालिका ५ रामपुरमा बिबाह गरि कर्म घर गोर्खा रहे पनि बिगत २६ बर्ष देखि ललितपुरको एकान्तकुनामा बस्दै आएकी निरमाया थापा मगरलाई स्तन भन्दा मुनि मासुको डल्लो रहेको स्थानमा असहज भई स्वास्थ्यमा समस्या आए पछि नेपाल क्यान्सर हस्पिटल हरिसिद्धी ललितपुरमा (Nepal Cancer Hospital and Research Centre) चेकजाँच गरि हेर्दा स्तन भन्दा मुनिको मासुको डल्लो भित्र क्यान्सरको भाईरस रहेको र त्यस मासुको डल्लो भित्र रहेको भाईरसलाई मार्न र मासुको डल्लो सुकाउन एक थरी औषधि मिसाएको किमो चार पटक र अर्को थरी औषधि मिसाएको किमो चार पटक गरि जम्मा आठ पटक किमो चढाई सके पछि शरीरको सिटी स्क्यान लगायत सबै एक्स-रे गरेर चेकजाच गरि सके पछि मात्र डाक्टरको सल्लाह अनुसार यहि साउनको २५ गते सोही हस्पिटलमा अप्रेसन हुन लागेको बिरामीका भाई केदार आले मगरले जानकारी गराएका छन् ।

उपचारको क्रममा किमो चढाउने देखि सिटी स्क्यान गर्ने लगायत अन्य उपचार गर्ने क्रममा तीन चार लाख रुपैया सकिए पछि अब घरको आर्थिक अवस्थाले उपचार गर्न नभ्याउने भए पछि बिरामीका सहोदर भाई समाजसेवी केदार आले मगरले अभियन्ताहरु ध्यान कुमार राई,बम बहादुर मगर,ईश्वर बन्जारा,मान ब.मगर (अर्जुन) प्रकाश बन्जारा,सन्देश मगर,लगायत थुपै अभियन्ता र सहयोगी मनहरु सँग हारगुहार मागेर मिति २०८१ जेठ १९ गते तदनुसार २०२४ जुन १ तारिक देखि सुरु गरिएको अभियान यहि मिति २०८१ साउन २४ गते तदनुसार सन २०२४ अगष्ट ८ तारिकका दिन अभियान समापन गर्दै संकलित सहयोग रकम हस्तान्तरण गरिएको हो ।

क्यान्सर जस्तो जटिल रोगको उपचारार्थ सहयोग रकम संकलन गर्न विभिन्न देशमा रहेर पनि अभियानलाई मुख्य भुमिका निभाएर अभियान चलाउने अभियन्ताहरु चन्द्र कुमार राई नेपाल, ध्यान कुमार राई नेपाल, ईश्वर बन्जारा नेपाल, रेनु मगर नेपाल, बम बहादुर मगर दुबई, नवीन खपाङ्गी मगर साउदी, राम लुङ्गेली मगर कतार, कविराज आले मगर साउदी, किरण आले राना मगर कुवेत, केदार आले मगर कुवेत, प्रकाश बन्जरा मलेसिया, सन्देश मगर साउदी अरब, मान ब.मगर (अर्जुन) कुवेत, गणेश मगर (सिमसोम) कोरिया,अशोक लुङ्गेली मगर (सागर) साउदी, चन्द्र गुर्मछान मगर नेपाल, पुकल श्रेष्ठ मलेसिया, चुडामणि दाहाल कतार, हरि श्रेष्ठ कतार, अनिल राई कुवेत, गुना राई कुवेत, सुनिता मगर कुवेत, सुस्मा सुवेदी नेपाल, सेर ब. थापा मगर नेपाल,चन्द्र ब.गन्द्रमा नेपाल, सुर्य राना मगर कुवेत, जगत राना मगर कुवेत, देवु श्रेष्ठ बेलायत, ईन्द्र लिमेल मगर नेपाल, उमेश श्रेष्ठ नेपाल, नैन खपाङ्गी मगर साउदी, कृष्ण श्रेष्ठ नेपाल, चन्द्र राई नेपाल,राम मगर नेपाल, जीवन मगरको पहलमा संकलित रकम मध्ये अभियन्ता ध्यान कुमार राईको खातामा ९ लाख २८ हजार छ सय सत्ताईस रुपैया जम्मा भएको थियो भने बिरामीको खातामा २ लाख २० हजार ४३ रुपैया जम्मा भएको थियो ।

यसरी क्यान्सर पिडित निरमाया थापा मगर बचाउ अभियानमा संकलन भएको रकम रु ११ लाख ४८ हजार ६७० रुपैया मुख्य अभियन्ता ध्यान कुमार राईको कार्य ब्यस्तताको कारण उपस्थिति हुन नसक्ने भए पनि अर्का मुख्य अभियन्ता बम बहादुर मगर, अभियन्ता तथा यूवा नेता ईश्वर बन्जारा, यूवा नेता तथा समाजसेवी महेन्द्र मगर, यूवा नेता तथा समाजसेवी ईन्द्र लिमेल मगर, समाजसेवी सुखराज राई, अभियन्ता रेनु मगर पत्रकार जीवन मगर लगायत थुपै अभियन्ता र सहयोगीहरुको उपस्थितिमा बिरामी निरमाया थापा मगरलाई हस्तान्तरण गरिएको थियो।


सम्बन्धित शीर्षकहरु

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले दोहामा कतारी अधिकारीहरूलाई भेटेर इजरायल र हमासलाई सम्झौतामा पुग्न पुन: आह्वान गरेपछि वार्ताकारहरूले बन्धक-युद्धविराम सम्झौता सुरक्षित…

साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता बनेको छ । दशरथ रंगशालामा बिहीबार साँझ…

भारतका विदेशमन्त्री एस जयशंकरले सोमबार भनेका छन्, ‘भारतीय सैनिकले सन् २०२० अघि चीनसँगको सीमामा गस्ती गरेको हदसम्म चीनसँगको सीमामा गस्ती…

प्रतिकृयाहरू
...