Wednesday 24th December 2025

दुबईकी राजकुमारीको डिभोर्स


दुबईका शासक मोहम्मद बिन रसिद अल मकतूमकी छोरी शेखा महरा बिन्तले आफ्ना पति शेख मानालाई तीन तलाक दिएकी छन् । आफ्नो इन्स्टाग्राम अकाउन्टमा अङ्ग्रेजीमा पोष्ट गर्दै महराले लेखेका छन्, ‘तिमी अरुसँग व्यस्त छौ । म हाम्रो सम्बन्ध विच्छेदको घोषणा गर्छु ।’

महराले श्रीमान शेख मनालाई इन्स्टाग्राममा अनफलो गरेकी छिन् । यसबाहेक महराले श्रीमान्सँग पोस्ट गरेका सबै तस्विर पनि हटाएकी छन् ।

गत वर्ष विवाह गरेकी महराले यसै वर्ष मे महिनामा छोरीलाई जन्म दिएकी थिइन् । शेखा महराको जन्म सन् १९९४ मा भएको थियो । ३० वर्षीया शेखा महराले आफूभन्दा चार वर्ष कान्छो शेख मानासँग २०२३ को मे महिनामा विवाह गरेकी थिइन् । शेख माना एक उद्यमी हुन् । उनका अल्बाराडा ट्रेडिङ, दुबई टेक, जीसीआई रियल इस्टेट डेभलपमेन्ट कम्पनी र एमएम ग्रुप अफ कम्पनीहरू जस्ता कम्पनी रहेका छन् । यसबाहेक उनी एक ट्राभलर पनि हुन् ।

महरासँग सम्बन्धित केही व्यक्तिले शेखा महराले सम्बन्धविच्छेद नगरेको दाबी गरेका छन् । उनीहरुले उनको एकाउन्ट ह्याक भएको बताएका छन् । भने कैयौंले महरालाई समर्थन गर्दै सहासी राजकुमारी भनेका छन् ।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

प्रतिकृयाहरू
...