Tuesday 23rd December 2025

केपी ओली प्रधानमन्त्रीमा नियुक्त, सोमबार बिहान ११ बजे शपथ


राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्त गरेका छन्।

राष्ट्रपतिले नयाँ सरकार गठनका लागि तोकिएको समयसीमा भित्रै आइतबार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। नवनियुक्त प्रधानमन्त्री ओलीले सोमबार बिहान ११ बजे शीतल निवासमा शपथ ग्रहण हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२)बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज असार ३० गते (आइतबार)अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न शुक्रबार आह्वान गरेका थिए।

सो आह्वानअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गरेका थिए।


सम्बन्धित शीर्षकहरु

ढाका, बंगलादेश (एपी) - बंगलादेशमा गत वर्षको राजनीतिक विद्रोहमा एक प्रमुख कार्यकर्ताको मृत्यु भएपछि बिहीबार राति क्रोधित प्रदर्शनकारीहरूले बंगलादेशका दुई…

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

प्रतिकृयाहरू
...