Wednesday 15th July 2026

केपी ओली प्रधानमन्त्रीमा नियुक्त, सोमबार बिहान ११ बजे शपथ


राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्त गरेका छन्।

राष्ट्रपतिले नयाँ सरकार गठनका लागि तोकिएको समयसीमा भित्रै आइतबार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। नवनियुक्त प्रधानमन्त्री ओलीले सोमबार बिहान ११ बजे शीतल निवासमा शपथ ग्रहण हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२)बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज असार ३० गते (आइतबार)अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न शुक्रबार आह्वान गरेका थिए।

सो आह्वानअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गरेका थिए।


सम्बन्धित शीर्षकहरु

ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमद अल बुसैदीले मध्यपूर्वमा पछिल्ला घटनाक्रमलाई ध्यानमा राख्दै खाडी राष्ट्रहरूलाई आफ्नो क्षेत्रीय सुरक्षा रणनीति तथा…

सांसद ज्ञानेन्द्र शाहीले संसदमा दिएको अभिव्यक्ति नेपालको पछिल्लो राजनीतिक संस्कृतिको एउटा गम्भीर बहससँग जोडिन्छ लोकतन्त्रमा कुनै पनि जनप्रतिनिधिलाई सरकार, दल…

कुवेतमा जुलाई १६ पछि वर्षकै सबैभन्दा तातो मौसम सुरु हुने भएकाले विद्युत्, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले नागरिक र बासिन्दालाई…

प्रतिकृयाहरू
...