Wednesday 15th July 2026

११ महिनामा १३ खर्ब २७ अर्ब रेमिट्यान्स भित्रियो


चालू आर्थिक वर्षको ११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

राष्ट्र बैंकले बुधबार सार्बजनिक गरेको रिपोर्टमा अघिल्लो आवको तुलनामा चालू आवको ११ महिनामा १९.३ प्रतिशतले रेमिट्यान्स भित्रिएको उल्लेख छ । रेमिट्यान्स अमेरिकी डलरमा ९ अर्ब ९८ करोड पुगेको छ ।

रिपोर्टका अनुसार जेठसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख २२ हजार ९३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ६२ हजार ७०५ रहेको उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ५९ हजार ४१५ र २ लाख ६० हजार २६२ रहेको थियो ।

समीक्षा अवधिमा चालू खाता २०० अर्ब ३९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ७९ अर्ब ५३ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६१ करोड ३२ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा १ अर्ब ५१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २२४ अर्ब ९० करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ७१ करोडले बचतमा रहेको शोधान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब २० करोडले बचतमा रहेको छ ।


सम्बन्धित शीर्षकहरु

२०० भन्दा बढी देशहरुमा पैसा पठाउने सुविधा अब मुजैनी कुवेतमा मुजैनी एक्सचेन्ज (Muzaini Exchange) र मनीग्राम(Moneygram)ले आधिकारिक रूपमा एक रणनीतिक…

कुनै पनि राष्ट्रको लोकतान्त्रिक विकास केवल संविधान निर्माण, निर्वाचन सम्पन्न हुनु वा सरकार परिवर्तनमा मात्र सीमित हुँदैन। लोकतन्त्रको वास्तविक मापन…

ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमद अल बुसैदीले मध्यपूर्वमा पछिल्ला घटनाक्रमलाई ध्यानमा राख्दै खाडी राष्ट्रहरूलाई आफ्नो क्षेत्रीय सुरक्षा रणनीति तथा…

प्रतिकृयाहरू
...