Wednesday 15th July 2026

मुकुल ढकाल रास्वपाबाट पदमुक्त साधारण सदस्य मात्रै रहने गरी कारबाहीमा


राष्ट्रिय स्वतन्त्र पार्टीले मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट मुक्त गरेको छ। मंगलबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट समेत पदमुक्त गर्ने निर्णय गरेको हो।
ढकाल अब पार्टीमा साधारण सदस्यमात्र रहेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सहप्रवक्ता मनीष झाले जानकारी दिनु भएको छ।
केन्द्रीय अनुशासन आयोगको हदैसम्मको कारबाही गर्नुपर्ने सिफरिसलाई समेत ध्यानमा राखी निजलाई पार्टीको विधानको धारा ५६ (३) बमोजिम पार्टीको साधारण सदस्य कायम राखी पार्टी महामन्त्री, पार्टी प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट पदमुक्त गर्ने सर्वसम्मत निर्णय गरियो,’ बैठकका निर्णय सुनाउँदै झाले भने।
केन्द्रीय समितिको निर्णय चित्त नबुझे ढकालले ३५ दिनभित्र पुनरावेदन गर्ने मौका पाउने बताइएको छ। गरेको छ। मंगलबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट समेत पदमुक्त गर्ने निर्णय गरेको हो।
ढकाल अब पार्टीमा साधारण सदस्यमात्र रहेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सहप्रवक्ता मनीष झाले जानकारी दिए।


सम्बन्धित शीर्षकहरु

ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमद अल बुसैदीले मध्यपूर्वमा पछिल्ला घटनाक्रमलाई ध्यानमा राख्दै खाडी राष्ट्रहरूलाई आफ्नो क्षेत्रीय सुरक्षा रणनीति तथा…

सांसद ज्ञानेन्द्र शाहीले संसदमा दिएको अभिव्यक्ति नेपालको पछिल्लो राजनीतिक संस्कृतिको एउटा गम्भीर बहससँग जोडिन्छ लोकतन्त्रमा कुनै पनि जनप्रतिनिधिलाई सरकार, दल…

कुवेतमा जुलाई १६ पछि वर्षकै सबैभन्दा तातो मौसम सुरु हुने भएकाले विद्युत्, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले नागरिक र बासिन्दालाई…

प्रतिकृयाहरू
...