Friday 19th December 2025

शहिद लखन थापा मगर स्‍मृति गोल्ड कपको उपाधी कल्याणकारी युवा समाज लाई


नेपाल मगर सँघ शाखा कुवेतद्वारा आयोजित “प्रथम शहिद क्या. लखन थापा मगर स्मृति रनिङ शिल्ड गोल्ड कप अन्तर नेपाली भलिवल टुर्नामेण्ट चौंथो संस्करण–२०२४”को खेल कुवेतको अबुहालिफा स्थित (kuwait technical college) को भलिवल स्टेडियममा भव्य रूपमा सम्पन्न भएको छ।
उक्त भलिबल प्रतियोगितामा जम्मा १३ शसक्त नेपाली टिमहरुले सहभागीता जनाएका थिए। जसमा कल्याणकारी नेपाली युवा समाज कुवेतले गोल्ड कपको उपाधी चुम्न सफल भएको छ। भने लुम्बिनी समाज कुबेत उपबिजेता बनेको छ। विजेता टिमले गोल्ड कप,मेडल, प्रमाण पत्र र २५१ केडी नगदी प्राप्त गर्‍यो भने उपबिजेता टिमले ट्रफी, मेडल, प्रमाण पत्र र १५१ केडी नगदी प्राप्त गरेको छ। यसैगरी उत्कृष्ट टिम,उत्कृष्ट खेलाडी लाई ट्रफी,मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो।

गोल्ड कप लाई सफलता पूर्वक सम्पन्न पार्नको लागि BEC Exchange / City express एक्सचेन्ज कुवेतले मुख्य प्रायोजन गरेका छन। भने अन्य आर्थिक सहयोगीहरु मा कुबेतमा कृयाशिल नेपाली संघ,संस्था,समाजसेवी,ब्यक्ती बिशेष,नेपाली रेष्टुरेन्ट हरुले आर्थिक सहयोग गरेका छ।
खेलको बिजेता,उपबिजेता,कार्यक्रमको मुख्या प्रायोजक,सह प्रायोजक सहयोगीहरु लाई गोल्ड कप संयोजक मनु भुजेल मगर,समाजको संरक्षक: मित्र ब.सिंजाली मगर,बरिष्ट सल्लाहाकार: दिल ब. पुन मगरको हातबाट पुरस्कार वितरण गरिएको थियो। भने कार्यक्रम लाई महासचिव श्रवण गाहा मगरले संचालन गरेका थिए।


सम्बन्धित शीर्षकहरु

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

पुनरावेदन अदालतको दोस्रो सर्किटले लागूऔषध तस्करीको आरोपमा चार इरानी नागरिकलाई मृत्युदण्डको सजाय सुनाउने फौजदारी अदालतको फैसलालाई समर्थन गरेको छ ।…

बेलायती प्रहरीले बुधबार चेतावनी दिँदै भन्यो, “इन्तिफादालाई विश्वव्यापीकरण” गर्न सार्वजनिक रूपमा प्यालेस्टिनी समर्थक आह्वान गर्नेहरूलाई पक्राउ गरिनेछ, बोन्डी बीच नरसंहार…

प्रतिकृयाहरू
...