Tuesday 1st July 2025

सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने एमालेको तयारी


नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। मंगलबार बसेको सचिवालय बैठकले बुधबारसम्म राजीनामा दिएर मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई समय दिएको थियो।

तर प्रधानमन्त्री दाहालले राजीनामा नदिने बताएपछि एमालेले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिएर आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

‘ राष्ट्रिय सरकार निर्माणका लागि प्रधानमन्त्रीज्यूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न हुन्छ भन्ने विश्वास छ, यदि उहाँले राजीनामा नदिने अवस्था आयो भने आजै सरकारलाई दिएको समर्थन फिर्ता लिएर आफ्ना मन्त्री फिर्ता बोलाइन्छ,’ बर्तौलाले डिसी नेपालसँग भने।

उनले आजै साँझसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाए। मंगलबार विहान एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री दाहाललाई भेटेर राजीनामा दिएर राष्ट्रिय सरकार गठनका लागि सहयोग गर्न आग्रह गरेका थिए।

तर प्रधानमन्त्री दाहालले पार्टीको बैठक राखेर राजीनामा नदिने बरु संसद फेस गर्ने निर्णय गराएका थिए। प्रधानमन्त्रीले राजीनामा नदिने थाहा पाएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको हो।


सम्बन्धित शीर्षकहरु

कमला देवकोटा, पाल्पा - ए गोफ्ले उठ् उठ् आज आसारपन्ध्रको दिन । फु्लबारीमा के के फुल मरेका छन् ? त्यो…

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी ११ औं कप्तान सावित्रा भण्डारी "साम्बा" बनेकी छन् । एएफसी महिला एसियन कप छनोट अन्तर्गत…

पुर्वरास्ट्रपति बिद्या भण्डारी पुन नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने भएपछि रास्ट्र प्रमुखको हैसियतले पाउने सेवा सुबिधा फिर्ता गर्ने हुनुभएको छ।…

प्रतिकृयाहरू
...