Thursday 27th August 2026

पाकिस्तानमा पिटिअार्इका नेता अल्भी १३ अाैं राष्ट्रपतिमा निर्वाचित


तितोपाटी – पाकिस्तानको नयाँ राष्ट्रपतिमा सत्तारूढ दल पाकिस्तान तेहरिक ए–इन्साफ (पीटीआई) का नेता अरिफुर रेहमान अल्भी निर्वाचित भएका छन् । पाकिस्तानको नयाँ राष्ट्रपतिका लागि मङ्गलबार भएको मतदानमा अन्य प्रतिद्वन्दीलार्इ भारी मतले पछि पार्दै नेता अल्भी राष्ट्रपति पदमा निर्वाचित भएका हुन । राष्ट्रपतिय निर्वाचनको लागि संसदका दुबै सदन र चारवटा प्रान्तीय सभाका एक हजारभन्दा बढी सांसदहरुले भाग लिएका थिए ।

प्रधानमन्त्री इमरान खानका निकटस्थ पूर्व चिकित्सक आरिफ अल्भीको विजयले प्रधानमन्त्री इमरान खानलाई सत्ता सञ्चालनमा धेरै ठूलो सहयोग पुग्ने विश्लेषकहरुले अनुमान गरेका छन् ।

पाकिस्तानको १३ औं राष्ट्रपतिमा निर्वाचित भएलगत्तै उनले ‘आफू दलको मात्र नभई समग्र राष्ट्रको राष्ट्रपति भएको’ प्रतिक्रिया दिएका छन् । उनले प्रधानमन्त्री इमरान खानलाई राष्ट्रपतिको उम्मेदवार बनाएकोमा धन्यवादसमेत दिए ।

निर्वाचन आयोगका अनुसार अल्भी ३ सय ५३ मतसहित निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिद्वन्दी फजलुर रेहमानले १ सय ८५ मत प्राप्त गरे । त्यसैगरी १ सय २४ मत पाएका पाकिस्तान पिपुल्स पार्टीका अ‍ैतजाज अहसान तेस्रो स्थानमा रहे ।

पाकिस्तानमा हाल मामुन हुसैन राष्ट्रपति पदमा छन् । उनको कार्यकाल यहि सेप्टेम्बेर ९ मा समाप्त भए लगत्तै नवनिर्वाचित राष्ट्रपति अल्भिले सपथ ग्रहण गर्ने छन् ।


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...