Friday 16th January 2026

काभ्रेमा १७ वर्षीया किशोरी बलात्कारको अभियोगमा होटल सञ्चालक पक्राउ


तितोपाटी – किशोरी बलात्कारको अभियोगमा काभ्रेमा एक होटल सञ्चालक पक्राउ परेका छन् ।

बनेपाको मुख्य चोक चारदोबाटोमा रहेको अरनिको मिठाइ भण्डारका सञ्चालक २४ वर्षका रामशरण हुमागाईं आइतबार राति आफ्नै होटलमा काम गर्ने किशोरी बलात्कार गरेको अभियोगमा पक्राउ परेका हुन् ।

१७ वर्षकी किशोरीले दिएको जाहेरीको आधारमा इलाका प्रहरी कार्यालय बनेपाले उनलाई पक्राउ गरेको हो । उनीमाथि अनुसन्धानका लागि मंगलबार अदालतबाट ७ दिनको म्याद लिएको प्रहरी निरीक्षक सुनीलजंग शाहले जानकारी दिए ।

सुर्खेत घर भएकी युवती भदौ १२ गते उक्त होटलमा काम गर्न आएकी थिइन् । ९ कक्षामा पढ्ने उनी नियमित काम सकेपछि राति ८ बजेतिर दिदीको कोठामा फर्किदै थिइन् । हुमागाईंले स्कुटरमा लगिदिन्छु भनेर होटलमा लगेर डर धम्की दिएर जबर्जस्ती गरेको उनले जाहेरीमा उल्लेख गरेकी छन् । त्यस दिन राति ११ बजेमात्र उनी दिदी भिनाजुको सम्पर्कमा पुगेकी थिइन् ।

इलाका प्रहररी कार्यालयका इन्सपेक्टर शाहले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् । ‘अनुसन्धानबाट दोषी देखिने सबै कारबाही दायरामा आउँछन्’ उनले भनिन् । हुमागाईंलाई जोगाइदिन भन्दै केही जनप्रतिनिधि र नेताहरुले समेत प्रहरीलाई दबाब दिएको स्रोतको भनाइ छ ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...