Saturday 28th September 2024

टि-२० विश्वकपमा दक्षिण अफ्रिकासँग पराजित भएर नेपाल समुहचरणबाट बाहिरियो


नेपालले टी-२० विश्वकप क्रिकेटमा इतिहास रच्ने मौका गुमाएको छ । उत्कृष्ट स्पिन बलिङपछि आसिफ शेखको संयमीत ब्याटिङका बावजुद नेपाल शुक्रबार साँझ सेन्ट भिन्सेन्ट स्थित आर्नोस भेल मैदानमा दक्षिण अफ्रिकासँग १ रनले पराजित भयो ।

१ सय १६ रनको लक्ष्य लिएर आएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय १४ रनमात्र बनाउन सक्यो । अन्तिम ओभरमा विजयका लागि २ रन चाहिने अवस्थामा ओटनेइल बार्टमानको बलका विट भएका गुलशन झा रन आउट भए ।

नेपाल यस हारपछि समूहचरणबाटै बाहिरिएको छ । नेपालले बंगलादेशसँग आइतबार समूहचरणको अन्तिम खेल खेल्ने छ ।


सम्बन्धित शीर्षकहरु

“स्वार्थ भन्दा माथि सेवा यहि नै बुद्ध भुमि / शान्ति भुमि प्रतिको टेवा ” भन्ने नारालाई आत्मसात गर्दै, रोजगारीको शिलशिलामा…

कुवेतको प्रमुख खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले देशका सबै आउटलेटहरूमा आफ्नो उच्च प्रत्याशित 'लुलु वर्ल्ड फूड' प्रवर्द्धन सुरु गरेको छ। 25…

भारी वर्षाका कारण मुम्बईको अवस्था खराब छ । भारतको आर्थिक राजधानी भनेर चिनिने मुम्बई र आसपासका क्षेत्रमा बुधबार भारी वर्षा…

प्रतिकृयाहरू
...