Friday 9th May 2025

नरेन्द्र मोदी तेस्रो पटक भारतको प्रधानमन्त्री नियुक्त


नरेन्द्र मोदी तेस्रो पटक भारतको प्रधानमन्त्रीमा नियुक्त भएका छन् । शुक्रबार राति राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । साथै राष्ट्रपति मुर्मुले मोदीलाई मन्त्रिपरिषद्को गठन गर्न अनुमति दिएकी छन् ।

राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्रीसहित मन्त्रिपरिषदका अन्य सदस्यको शपथ जुन ९ आइतबार साँझ ७: १५ बजे राष्ट्रपति भवनमा हुने भएको छ । यसअघि आजै मोदीले राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) को तर्फबाट सरकार गठनको दाबी पेश गरेका थिए । उनलाई आजै एनडीएले संसदीय दलको नेता चयन गरेको थियो । भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनमा १३ दल रहेका छन् र यस निर्वाचनमा २९३ सिटमा जित हासिल गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

हमासको कव्जामा रहेका बाकी बन्धकहरुको मुक्ति अब झन कठिन बन्दै गएको छ । अन्तिम पटक ठुलो रक्तपात हुने खतरा बढेको…

सम्बन्धमा ‘दरार’ आएको चर्चाबीच लोकगायक खेम सेन्चुरी र गायिका शान्तिश्री परियारको नयाँ गीत सोमबार रिलिज भएको छ । गीत रिलिज…

संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अञ्जला कोइराला प्रतिवादी रहेको सहकारीको बचत अपचलन मुद्दामा उच्च अदालत विराटनगरका…

प्रतिकृयाहरू
...