Friday 19th December 2025

नाइजेरियामा बोको हरामको अाक्रमणमा परि ४८ जना सरकारी सैनिकको मृत्यु


तितोपाटी – नाइजेरियाको सीमा क्षेत्रमा रहेको नाइजेरियाली सेनाको शिविरमा बोको हराम समूहले गरेको आक्रमणमा परी मृत्यु हुनेको संख्या ४८ पुगेको नाजेरियाली सेनाले जनाएको छ । सेनाले उपलब्ध गराएको विवरणमा कम्तीमा ३० सैनिकको मृत्यु भएको थियो।

‘सेना र बोको हराम समूहबीच भएका झडपका क्रममा ज्यान गुमाएका सैनिकका थप १८ शवलाई जंगलका विभिन्न भागबाट उद्धार गरिएको र यससँगै मृत्यु हुने सैनिकको संख्या ४८ पुगेको छ,’ एक सेनाले आफ्नो नाम सार्वजनिक नगर्ने शर्तमा एएफ्पीलाई बताए । तिनका अनुसार नाइजेरियाको उत्तरी क्षेत्रमा बलियो उपस्थिति रहेको विद्रोही समूह बोको हरामले एक्कासी सैनिक शिविरमा आक्रमण थालेपछि प्रतिकारको क्रममा ठूलो संख्यामा सैनिक अधिकारी मारिएका हुन्।

सयौंको संख्यामा ट्रकमा आएका जिहादी विद्रोहीले ब्रोनो राज्यको उत्तरी सीमा क्षेत्रमा रहेको जारी गाउँमा रहेका शिविरमा आइतबार एक्कासी आक्रमण गरेपछि सेनाले उनीहरूविरुद्ध प्रतिकार गरेको थियो।

दुई पक्षबीच बिहीबार भएको भिडन्तमा विद्रोहीले केही समय शिविर कब्जा गरेको भए पनि सेनाको थप बल त्यहाँ पुगेपछि उनीहरूलाई उक्त स्थानबाट लखेट्न सेना सफल भएको बताइएको छ । विद्रोहीतर्फ के कति हताहत भयो भन्ने विवरण भने दिइएको छैन।


सम्बन्धित शीर्षकहरु

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

पुनरावेदन अदालतको दोस्रो सर्किटले लागूऔषध तस्करीको आरोपमा चार इरानी नागरिकलाई मृत्युदण्डको सजाय सुनाउने फौजदारी अदालतको फैसलालाई समर्थन गरेको छ ।…

प्रतिकृयाहरू
...