Monday 5th May 2025

कुवेतको आदान अस्पतालमा एक रोजगारीको शीलशिलामा गएका नेपालीको मृत्यु


तितोपाटी – बसन्त थापा- तीतोपाटी डटकम-रोजगारीको शीलशिलामा गुल्मि ज़िल्ला दरबार गाउँपालिका-२ घर भई हाल बकुलघाट रुपन्देही बस्दै आएका अंदाजी ४० बर्षका हुम बहादुर रासकोटीको कुवेतको आदान अस्पतालमा उपचारका क्रममा हिजो मेई ३०- २०१८ का दिन मृत्यु भएको छ।

हिजो बेलुका एक्कासी पेट दुखेको र संगै बस्ने साथीलेनै मृतक हुम बहादुरलाई उपचारको लागी आदान अस्पताल लागेका र केहि समय पछी आपातकालीन उपचारकै क्रममा चिकित्सक द्वारा हुमबहादुरलाई मृत घोषणा गरेका थिए।

मृतकको घरमा श्रीमती र एक छोरी रहेका छन।

एक वर्ष पहिला मीठो सपना बोकेर कुवेतको (PSCJ) कम्पनीमा आएका हुम बहादुर सदाको लागी अस्ताएका छन। हुम बहादुर हालै कम्पनीबाट भागेर बाहीर काम गर्दै आएका थीए भने, उक्त मृतकको बारेमा जानकारी लिन लुम्बिनी समाज कुवेतका अध्यक्ष रूपेन हमाल आदान अस्पताल गई के-कसरी मृत्यु भएको बारेमा तीतोपाटी डट कमलाई प्रारम्भिक जानकारी गराएका थीए ।

मृतकको शबलाई कुवेतको फर्वनिया अस्पतालमा राखीएको छ भने हुम बहादुरको मृत्यु बारे प्रारम्भिक जानकारी आए पनि अन्य जानकारी आउन बाक़ी रहेको नेपाली दूतावासमा कुवेतका प्रथम सचिव भोगेन्द्र लिङ्देनले तीतोपीटी डटकमलाई बताए ।


सम्बन्धित शीर्षकहरु

कुवेत, यात्रु र कार्गो ट्राफिकमा कीर्तिमानी बृद्धि अनुभव गर्ने खाडी देशका विमानस्थलको विपरीत कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा भने खडेरी लागेको छ…

गैर आवासीय नेपाली संघ (एनआरएनए)को विवाद रोचक मोडमा पुगेको छ । व्यक्तिगत इगो र संस्थाभित्रको चरम राजनीतिका कारण विभाजित बनेको…

नेपालका प्रथम शहिद क्याप्टेन लखन थापामगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापा मगर…

प्रतिकृयाहरू
...