Friday 3rd April 2026

कुवेतको आदान अस्पतालमा एक रोजगारीको शीलशिलामा गएका नेपालीको मृत्यु


तितोपाटी – बसन्त थापा- तीतोपाटी डटकम-रोजगारीको शीलशिलामा गुल्मि ज़िल्ला दरबार गाउँपालिका-२ घर भई हाल बकुलघाट रुपन्देही बस्दै आएका अंदाजी ४० बर्षका हुम बहादुर रासकोटीको कुवेतको आदान अस्पतालमा उपचारका क्रममा हिजो मेई ३०- २०१८ का दिन मृत्यु भएको छ।

हिजो बेलुका एक्कासी पेट दुखेको र संगै बस्ने साथीलेनै मृतक हुम बहादुरलाई उपचारको लागी आदान अस्पताल लागेका र केहि समय पछी आपातकालीन उपचारकै क्रममा चिकित्सक द्वारा हुमबहादुरलाई मृत घोषणा गरेका थिए।

मृतकको घरमा श्रीमती र एक छोरी रहेका छन।

एक वर्ष पहिला मीठो सपना बोकेर कुवेतको (PSCJ) कम्पनीमा आएका हुम बहादुर सदाको लागी अस्ताएका छन। हुम बहादुर हालै कम्पनीबाट भागेर बाहीर काम गर्दै आएका थीए भने, उक्त मृतकको बारेमा जानकारी लिन लुम्बिनी समाज कुवेतका अध्यक्ष रूपेन हमाल आदान अस्पताल गई के-कसरी मृत्यु भएको बारेमा तीतोपाटी डट कमलाई प्रारम्भिक जानकारी गराएका थीए ।

मृतकको शबलाई कुवेतको फर्वनिया अस्पतालमा राखीएको छ भने हुम बहादुरको मृत्यु बारे प्रारम्भिक जानकारी आए पनि अन्य जानकारी आउन बाक़ी रहेको नेपाली दूतावासमा कुवेतका प्रथम सचिव भोगेन्द्र लिङ्देनले तीतोपीटी डटकमलाई बताए ।


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...