Monday 28th September 2026

इजरायलले भन्यो, रफाहमा तिब्र सैन्य कारबाही हुन्छ


एजेन्सी- इजरायलले आफ्नो सेना रफाहमा आफ्नो कारबाहीको दायरा थप विस्तार गर्न प्रतिबद्ध रहेको बताएको छ ।

इजरायलका रक्षामन्त्री योभ गालान्टले इजरायली सेनाको कारवाहीको उद्देश्य हमासलाई हटाउनु र इजरायली बन्धकहरूलाई सुरक्षित रूपमा रिहा गर्नु रहेको बताएका छन्।

गैलान्टले हाल इजरायल भ्रमणमा रहेका अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानलाई इजरायलले आफ्नो अभियानको अवधिमा पर्याप्त मानवीय कारबाही गरिरहेको बताए ।

इजरायलले गाजामा रहेको रफाह हमासको अन्तिम गढ रहेको बताएको छ । संयुक्त राष्ट्रसंघको अनुमान अनुसार इजरायली सेनाले राफाहमा गरेको अभियानपछि करिब आठ लाख मानिसले इलाका छाडेका छन्। अमेरिकाले इजरायललाई राफाहमा सैन्य कारबाही नगर्न दबाब दिएको थियो ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले इजरायल पुग्नुअघि साउदी अरबका युवराज मोहम्मद बिन सलमानसँग पनि कुराकानी गरेका थिए।


सम्बन्धित शीर्षकहरु

अमेरिकी गुप्तचर संस्था सीआईएले रुसले स्पेन, इटाली र फ्रान्सलाई लक्षित गर्दै ड्रोन आक्रमण गर्न सक्ने सम्भावनाबारे केही भूमध्यसागरीय देशलाई जानकारी…

अमेरिका र इरानबीच परमाणु कार्यक्रमलाई लिएर फेरि वार्ता हुने सम्भावना देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु विषयमा ठोस…

अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो शक्तिशाली रकेट स्टारशिप सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। रकेटले २६ वटा स्टारलिङ्क इन्टरनेट उपग्रहलाई कक्षामा स्थापित…

प्रतिकृयाहरू
...