Saturday 17th January 2026

हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपति र विदेशमन्त्रीको निधन


इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ ।
उनीसँगै विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानको पनि ज्यान गएको छ । इरानी उच्च अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले राष्ट्रपति रायसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको पुष्टि गरेको हो । उनीहरु सवार हेलिकोप्टर आइतबार दुर्घटनामा परेको थियो ।

हेलिकोप्टर सम्पर्कविहीन भएको करिब १५ घण्टापछि दुर्घटनाग्रस्त अवस्थामा सोमबार बिहान भेटिएको इरानी सञ्चार माध्यमले जनाएका छन् । अजरबैजानको सीमा क्षेत्र जोल्फा नजिकै पूर्ण रुपमा जलेको अवस्थामा हेलिकोप्टर भेटिएको अधिकारीहरुले बताएका छन् ।

राष्ट्रपति र विदेशमन्त्री सवार हेलिकप्टर सम्पर्कविहीन भएपछि २० भन्दा बढी होलिकोप्टर खोजीमा खटाइएको थियो ।

टर्कीबाट गएको ड्रोनले हेलिकप्टरको दुर्घटनास्थल पत्ता लगाएको थियो ।


सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...