Wednesday 15th July 2026

क्यानले सन्दीपलाई विश्वकप खेल्न पठाउने


स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत पाटनले बलात्कार मुद्धामा सन्दीपलाई सफाई दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने भएको छ ।

हामी भोली सम्ममा निर्णय गरेर सन्दीपलाई विश्वकप खेल्न पठाउँछौं । हामी १०० प्रतिशत सन्दीपलाई खेल्न पठाउँछौं । क्यानले आफ्नो खर्च गरेर भएपनि सन्दीपलाई पठाउछ, क्यानका कोषाध्यक्ष पदम खड्काले भने ।

आईसीसीको नियम अनुसार विश्वकपमा २५ मे सम्म कुनैपनि टोलीले खेलाडी परिवर्तन गर्न सक्छन् । नेपाली टोली हाल वेष्टइण्डिजमा अभ्यासमा ब्यस्त छ । नेपालले सन्दीपलाई पठाउदा अन्तिम १५ बाट एक खेलाडी भने बाहिर गर्नुपर्छ । कुन खेलाडी बाहिर हुने कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाईमा भरपर्ने खड्का बताउँछन् ।

१५ को ठाउँमा १६ हुन्छ । सन्दीपको खर्च क्यानले ब्यहोर्छ । क्यान सन्दीपलाई पठाउने तयारीमा लागी सक्यो, खड्काले भने । आईसीसीको नियम अनुसार १५ खेलाडी मात्रै विश्वकपमा राख्न पाइन्छ । त्यसैले एक खेलाडी विश्वकपबाट बाहिर हुनुपर्छ ।


सम्बन्धित शीर्षकहरु

ब्युनस आयर्स। अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया भिल्लारुएल ले अन्तर्राष्ट्रिय समुद्री सुरक्षा र क्षेत्रीय तनावबारे कडा अभिव्यक्ति दिँदै आफूहरू “लुटेरा समुद्री डाकूहरूसँग…

ब्रसेल्स। युरोपेली संघ (EU) का सदस्य राष्ट्रहरूमा गत वर्ष ४५ वटा आतंकवादी आक्रमण वा प्रयास भएका र तीमध्ये केही घटनाको…

पेरिस। २०२६ फिफा विश्वकपको सेमिफाइनलमा स्पेनसँग पराजित भएपछि फ्रान्सका विभिन्न शहरमा भएको हिंसात्मक घटनापछि १६० भन्दा बढी व्यक्ति पक्राउ परेका…

प्रतिकृयाहरू
...