Wednesday 15th July 2026

मधेश सरकारबाट बाहिरियो माओवादी, अल्पमतमा सरकार


नेकपा माओवादी केन्द्रले मधेश प्रदेशको सरकार छोडेको छ । माओवादी केन्द्रका दुई मन्त्रीले मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएर सरकारबाट बाहिरिएका छन् ।

राजीनामा दिनेमा उद्योग, बाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई र वन तथा वातावरणमन्त्री भरत प्रसाद साह रहेका छन् । साथै माओवादी केन्द्रले आजै सरकारबाट समर्थन फिर्ता लिने बताएको छ ।

योसँगै मधेश प्रदेसको सरकार अल्पमतमा परेको छ । यहि बैशाख ४ गते मुख्यमन्त्री यादवले विश्वासको मत लिदा ६१ मत पाएका थिए ।

१०७ सदस्यीय प्रदेश सभामा बहुमतको लागि ५४ मत आवश्यक पर्दछ । माओवादी केन्द्र बाहिरिएपछि अब उनको पक्षम ५२ मत मात्र रहेकोले सरकार अल्पमतमा परेको छ ।

मधेशमा एमालेका २५, नेपाली कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, लोसपाका ८, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७ तथा नेपाल संघीय समाजवादी पार्टी, नाउपा र राप्रपाका एक एक सांसद रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

इरानका प्रमुख वार्ताकार गालिबाफ : ‘युद्ध चाहँदैनौँ, तर राष्ट्रिय सुरक्षाका लागि अन्तिमसम्म लड्न तयार छौँ’ तेहरान। इरानका प्रमुख वार्ताकार मोहम्मद…

रियाद/साना। यमनका हुथी विद्रोही र साउदी अरबबीचको तनाव फेरि बढ्दै गएको छ। पछिल्ला वर्षहरूमा हुथीहरूले साउदी क्षेत्रलाई लक्षित गर्दै ड्रोन…

ब्युनस आयर्स। अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया भिल्लारुएल ले अन्तर्राष्ट्रिय समुद्री सुरक्षा र क्षेत्रीय तनावबारे कडा अभिव्यक्ति दिँदै आफूहरू “लुटेरा समुद्री डाकूहरूसँग…

प्रतिकृयाहरू
...