Wednesday 2nd September 2026

सल्यानमा पहिरो जाँदा एकै परिवारका ३ बालबालिकाको पुरिएर मृत्यु


तितोपाटी – पहिरोले घर पुरिँदा सल्यानमा एकै परिवारका तीत बालबालिकाको पुरिएर मृत्यु भएको छ। सल्यान बागचौर नगरपालिका वडा नम्बर १२ बाँफुखोलाका बालाराम डाँगीको घर पहिरोले पुरिँदा उनका तीन छोराछोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

घर नजिकैको माटोको ढिस्को खस्दा घरभित्र बसिरहेका बालारामका ८ बर्षिया छोरी ललिता, ६ बर्षिय छोरा ललित र ४ बर्षिया छोरी मेनुका च्यापिएका थिए। आइतवार बेलुका पहिरोले च्यापिएका उनिहरुको सोमवार विहान शब निकालिएको सल्यानका प्रहरी प्रमुख डिएसपी दिलेन्द्रबहादुर शाहीले जानकारी दिए। उनका अनुसार घटनास्थल धेरै दुर्गम स्थानमा पर्दछ।

घटना बारे जानकारी पाएलगत्तै आइतवार बेलुका त्यसतर्फ हिँडेको प्रहरी सोमवार विहान १ वजेतिर घटनास्थल पुगेको थियो। ‘धेरै विकट क्षेत्र रहेकाले पैदल हिँडेरै पुग्नु पर्ने रहेछ’, डिएसपी शाहीले भने ‘राती १ वजेतिर मात्रै प्रहरी घटनास्थलमा पुग्न सफल भयो, तर राती नै उद्दारको काम गर्न सकिएन।’ उनका अनुसार अविरल बर्षासंगै पहिरो खसिरहेकाले राती पुगेको प्रहरीले उद्धार गर्न नसकेको र सोमवार विहान मात्रै तीनै जनाको शव निकालिएको हो।

केही दिनअघि मात्रै सल्यानको बागचौर नगरपालिका वडा नम्बर ४ मा घर भत्कँदा च्यापिएर एकै परिवारका पाँच जनाको मृत्यु भएको थियो।


सम्बन्धित शीर्षकहरु

सिरियाको दक्षिणी प्रान्त स्वेइदा (Sweida/Suwayda) मा पुनः हिंसा भड्किएपछि राष्ट्रपति अहमद अल–शराआ नेतृत्वको नयाँ सरकारका लागि देशलाई एकीकृत गर्ने प्रयास…

अमेरिकाले मंगलबार इरानका विभिन्न सैन्य संरचनामाथि नयाँ आक्रमण गरेपछि मध्यपूर्वमा तनाव फेरि बढेको छ। अमेरिकाले यी आक्रमणहरू होर्मुज जलडमरूमध्यमा जहाज…

कुवेतमा नेपालीका लागि एकदिने स्वास्थ्य निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । कुवेतस्थित नेपाली राजदूतावासले Metro Medical Group को…

प्रतिकृयाहरू
...