Saturday 18th April 2026

कविताः पैसा


धर्म हो पैसा
मर्म हो पैसा
देखेर हुन्न
कर्म हो पैसा

जवानी पैसा
दिवानी पैसा
मर्दको लागि
शिवानी पैसा

सेवा हो पैसा
मेवा हो पैसा
सहारा दिने
टेवा हो पैसा

तनै हो पैसा
धनै हो पैसा
नभए पनि
मनै हो पैसा

यात्रा हो पैसा
मात्रा हो पैसा
कहीँ नभाको
जात्रा हो पैसा

शस्त्र हो पैसा
अस्त्र हो पैसा
हुनेका लागि
वस्त्र हो पैसा

व्याज हो पैसा
स्याज हो पैसा
धेरै नै भए
प्याज हो पैसा

लाए हो पैसा
खाए हो पैसा
सवैका लागि
हाए हो पैसा

चेला हो पैसा
मेला हो पैसा
समय चिने
बेला हो पैसा

देश हो पैसा
भेष हो पैसा
साँचेको भए
शेष हो पैसा

मौन हो पैसा
यौन हो पैसा
बर्वादै पार्ने
कौन हो पैसा

कलि हो पैसा
बलि हो पैसा
गर है होस
छलि हो पैसा

नेल हो पैसा
जेल हो पैसा
छोप्न यो सके
भेल हो पैसा

चन्दा हो पैसा
फन्दा हो पैसा
कमाई हेर
धन्दा हो पैसा

झण्डा हो पैसा
डण्डा हो पैसा
शहरतिर
पण्डा हो पैसा

भुवा हो पैसा
कुवा हो पैसा
खेल्नकै लागि
जुवा हो पैसा

शुक्ति हो पैसा
जुक्ति हो पैसा
अन्त्यमा पुन
मुक्ति हो पैसा

-पुष्कर अथक रेग्मी
श्रीनगर पाल्पा


सम्बन्धित शीर्षकहरु

कुवेत सरकारले केहि विशेष क्षेत्रका कामदारहरूलाइ अागामी १ मे २०२६ देखि ३० जुन २०२६ सम्मको अवधिमा अन्य क्षेत्रमा रोजगारदाता परिवर्तन…

दार्जिलिङ — लेबोङस्थित Gorkha Stadium मा निर्धारित चुनावी सभामा भारतीय गृहमन्त्री Amit Shah प्रत्यक्ष उपस्थित हुन नसकेका छन्। प्रतिकूल मौसमका…

काठमाडौँ — नेपालका लागि चीनका राजदूत चाङ माओमिङले गृहमन्त्री सुधन गुरुङसँग सोमबार भएको अनौपचारिक भेटमा तिब्बत र ताइवानसँग सम्बन्धित गतिविधिबारे…

प्रतिकृयाहरू
...