Thursday 22nd October 2026

जसपा विभाजित, अशोक राईको नेतृत्वमा नयाँ दल गठन


सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ।

जसपाका कार्यकारी अध्यक्ष उप्न्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष अशोक राईले अलग दल गठन गनै लागेका हुन्।

स्रोतका अनुसार राईको नेतृत्वमा गठन हुने नयाँ दलमा पार्टीका १२ सांसद मध्ये ७ जना सहभागी हुने भएका छन्।

राईको पक्षमा वनमन्त्री समेत रहेका नवलकिशोर साह, शुशिला श्रेष्ठ, प्रदीप यादव लगायत रहेका छन् । आफू पक्षीय सांसदको हस्ताक्षरसहित राई निर्वाचन आयोगमा पुगिसकेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार उप्रधानमन्त्रीसहित स्वास्थ्य रहेका अध्यक्ष उपेन्द्र यादव अमेरिकामा छन् ।

उनी नेपाल फर्किए लगत्तै वर्तमान सरकारबाट बाहिरिने तयारी गरेपछि राईले आफ्नै नेतृत्वमा नयाँ दल गठन गर्न लागेको बताइएको छ।


सम्बन्धित शीर्षकहरु

गाजा युद्ध, क्षेत्रीय सुरक्षा चुनौती र राजनीतिक विवादका बीच इजरायलमा अक्टोबर २७ मा आम निर्वाचन हुँदैछ। यस निर्वाचनबाट १२० सदस्यीय…

आज बडा दशैंको मुख्य दिन विजयादशमीका अवसरमा देशभर मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएको छ।…

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

प्रतिकृयाहरू
...