Thursday 22nd October 2026

चीनमा राजमार्ग भत्किँदा कम्तिमा १९ जनाको मृ्त्यु, दर्जनाै घाइते


चीनको गुआङडोङ प्रान्तमा बुधबार राजमार्ग भत्किँदा १९ जनाको मृत्यु भएको देशको राज्य प्रसारक सीसीटीभीले जनाएको छ ।

गुआङडोङ प्रान्तको मेइझाउ शहर र दापु शहर जोड्ने एक्सप्रेस राजमार्गको एउटा खण्ड बुधबार बिहान करिब २:१० बजे भत्किँदा १८ कार फसेको थियो, CCTV ले रिपोर्ट गरेको छ।

उक्त घटनामा १९ व्यक्तिको मृत्यु भएको पुष्टि भएको र ३० जनाले अस्पतालमा आपतकालीन सेवा लिइरहेका छन् । अधिकारीहरूका अनुसार उपचारका लागि अस्पताल लगिएका मानिसहरू हाल जोखिममुक्त रहेका बताइएको छ ।

स्थानीय सञ्चारमाध्यमहरूले दिएको समाचार र अनलाइनमा प्रसारित भिडियोहरूले गहिरो खाडलबाट आगो र धुवाँ निस्किरहेको देखाएका छन् । राजमार्ग भासिएर परेको उक्त खाडलमा कारहरू खसेको बताइएको छ ।

अहिले करिब ५०० जना उद्धार कार्यका लागि घटनास्थलमा रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

साउदी अधिकारीहरूका अनुसार यमनतर्फबाट आएको भनिएको ड्रोनले शैबाह तेल क्षेत्रमा रहेको प्रशोधन केन्द्रलाई निशाना बनाएको थियो। साउदीको हवाई प्रतिरक्षा प्रणालीले…

साउदी अरबको पूर्वी प्रान्तस्थित शायबह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक नेपाली कामदार र एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ।…

गाजा युद्ध, क्षेत्रीय सुरक्षा चुनौती र राजनीतिक विवादका बीच इजरायलमा अक्टोबर २७ मा आम निर्वाचन हुँदैछ। यस निर्वाचनबाट १२० सदस्यीय…

प्रतिकृयाहरू
...