Wednesday 15th October 2025

अनुहार मिल्दा १७ वर्ष जेल !


तितोपाटी – सन् १९९९ मा लामो कपाल पछिल्तिर बाटेका एक अफ्रिकन– अमेरिकनले कान्सास सिटीको वाल्मार्ट बाहिर एक महिलाको फोन चोरेर भागे ।

प्रत्यक्षदर्शीले फोन चारेर भाग्ने व्यक्तिको हुलिया बताएको आधारमा पुलिसले रिचर्ड जोन्सलाई पक्राउ गर्यो ।

घटनाका बेला जोन्स प्रेमिकाको घरमा हुँदा पनि पुलिसले उनलाई नै दोषी ठहर गर्दै १९ वर्षको जेल सजायँ सुनायो ।

आफू निर्दोष भएको पटक–पटक गुहार गर्दा पनि उनको अपिलमाथि कुनै सुनुवाई भएन । गत वर्ष इनोसेन्स प्रोजेक्ट ट्र्याक्ड डाउनले वालमार्ट नजिकै बस्ने ठ्याक्कै उनीजस्तै देखिने रिक अमोसलाई सार्वजनिक गरेपछि मात्र उनलाई रिहा गरियो ।

जेलभित्र रहेका जोन्सका कैदी साथीहरुले उनी ठ्याक्कै अमोसजस्तै देखिने बताएपछि उनीबारे खोजी गरिएको थियो ।

पीडित महिलालाई दुबैजनाको फोटो देखाएपछि जोन्सले नै उनको हमला गरेको भनेर पुष्टि गर्न सकिनन् ।

जोन्स जेलभित्र रहँदा हुर्किएका उनका २४ र १९ वर्षका दुई छोरीले अब १.१ मिलियन डलरको क्षतीपूर्ती माग गर्दै कन्सास राज्यमा मुद्दा दर्ता गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

नेपाल कुवेत सरोकार समाजले आफ्नो पाँचौं अधिवेशन आगामी अक्टोबर ३१ (शुक्रबार) का दिन आयोजना गर्ने भएको छ। समाजका अनुसार अधिवेशन…

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

प्रतिकृयाहरू
...