Saturday 17th January 2026

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु, सबै क्षेत्र बन्द


तान्जानियामा सातादेखिको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी १५५ जनाको मृत्यु भएको छ ।
तान्जनियाको सरकारका अनुसार सो बाढी पहिरोमा परी २३६ जना घाइते भएका छन् ।

प्रधानमन्त्री कासिम मजलिवाले संसदलाई भने कि एल निनो जलवायु ढाँचाले चलिरहेको वर्षाको मौसममा बाढी आएको र सडक, पुल र रेलमार्गहरू ध्वस्त पारेको छ। “देशका विभिन्न भागमा तेज हावा, बाढी र पहिरोसँगै आएको भारी एल निनो वर्षाले ठूलो क्षति पुर्याएको छ,” मजलिवाले बिहीबार संसदमा भनेका छन् ।

एल निनो एक प्राकृतिक रूपमा हुने जलवायु ढाँचा हो जुन सामान्यतया विश्वव्यापी रूपमा बढेको गर्मी, साथै खडेरी र भारी वर्षासँग सम्बन्धित रहेको जलबायु प्रणाली हो ।

‘वर्षाका विनाशकारी हुनुमा मुख्यतया वातावरणीय ह्रासका कारणहरू हुन,’ मजलिवाले भने, ‘वन फँडानी, कृषि र अनियमित पशुधन चराउने जस्ता दिगो खेती अभ्यासका कारण यस्तो भएको हो ।’

वर्षाबाट २ लाखभन्दा बढी मानिस र ५१ हजार घरपरिवार प्रभावित भएको प्रधानमन्त्रीले बताएका छन । बाढीमा परेका विद्यालयहरू बन्द भएका छन् र आपतकालीन सेवाहरूले बाढीको पानीमा फसेका मानिसहरूको उद्धार गरिरहेका छन्।


सम्बन्धित शीर्षकहरु

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

प्रतिकृयाहरू
...