Monday 13th October 2025

ताइवानमा २५ वर्षपछि शक्तिशाली भूकम्प


ताइवानमा शक्तिसाली भूकम्प गएको छ । बुधबार ७.५ म्याग्निच्युडको भूकम्प गएको हो । यसको धक्का जापान र फिलिपिन्ससम्म महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ताइवानको सेन्ट्रल वेदर ब्यूरोका अनुसार यो २५ वर्षयता ताइवानमा आएको सबैभन्दा शक्तिशाली भूकम्प हो । यसअघि सन् १९९९ मा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसबेला २ हजारभन्दा बढीको मृत्यु भएको थियो ।

ताइवानको दमकल विभागका अनुसार एक जनाको मृत्यु भएको छ । ५० जना घाइते भएका छन् ।

मौसम विभागका अनुसार पूर्वी ताइवानको हुआलियन सहरमा भूकम्प गएको हो । यसको केन्द्र पृथ्वीबाट ३४ किलोमिटर तल थियो । नेपाली समय अनुसार बिहान पौन ६ बजे भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पका कारण धेरै भवनहरू ध्वस्त भएका छन् भने पहिरो पनि गएको छ । ताइवानी मिडियाका अनुसार भूकम्पपछि ताइवानका ९१ हजारभन्दा बढी घर बिजुलीविहीन छन् । भूकम्पले तार र विद्युत् आयोजनामा क्षति पुगेको छ ।

भूकम्पपछि ताइवान, जापान र फिलिपिन्सले सुनामीको चेतावनी जारी गरेका थिए । जापानको मौसम विभागले समुन्द्रमा ३ मिटर अग्लो छाल आउने अनुमान गरेको थियो ।

तर, अहिले जापान र फिलिपिन्सले सुनामीको चेतावनी भने हटाएका छन् ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार चीनस्थित ताइवान मामिलाको अनुगमन गर्ने कार्यालयले भूकम्पबाट भएको क्षतिप्रति चिन्तित रहेको र ताइवानलाई सहयोग पठाउन तयार रहेको जनाएको छ । चीनले ताइवानलाई आफ्नो हिस्सा दाबी गर्दै आएको छ । तर, ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र दावी गर्दै आएको छ ।


सम्बन्धित शीर्षकहरु

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

राजेन्द्र गोपाल सिंह - पुष्कर राज रेग्मी म पढेको स्कुल प.प.न.मा.वि. तानसेनमा पढेका हुन् । हाम्रो बसोबास पनि एउटै भगवती…

प्रतिकृयाहरू
...