Sunday 21st September 2025

मस्कोमा एक कन्सर्ट हलमा ‘आतंककारी हमला’ हुँदा कम्तिमा ६० जनाको मृत्यु


रुसको राजधानी मस्कोस्थित एक कन्सर्ट हलमा शुक्रबार हतियारधारी समुहले आक्रमण गर्दा कम्तीमा ६० जनाको मृत्यु भएको छ भने १ सय ४५ जना घाइते भएका छन् ।

रुसले मस्को नजिकै एउटा कन्सर्ट भइरहेको ठाउँमा बन्दुकधारीहरूले गरेको अन्धाधुन्द आक्रमणलाइ ‘आतंककारी हमला’ को संज्ञा दिएको छ । सो आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त हमलाबारे प्रत्यक्ष सम्बोधन गरिसकेका छैनन् तर सरकारी सञ्चारमाध्यमहरूले उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको उल्लेख गरेको छ।

रुसी विदेश मन्त्रालयले हताहत हुनेमा बालबालिका पनि रहेको जनाएको छ । उक्त भवनमा आगो लागेको छ र छानोको अधिकांश हिस्सा जलेको छ। हतियारधारी समुहले पहिला अन्धाधुन्द गोली चलाएका थिए त्यसपछि आगजनी गरेका थिए ।

रुस र युक्रेनबीच लडाइँ चलिरहेको समयमा भएको यो गोली काण्डमा आफ्नो संलग्नता नरहेको किभले जनाएको छ।

संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले उक्त आक्रमणलाई ‘अक्षम्य र लाछी आतङ्कवादी हमला’ भन्दै आतङ्कवाद अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि सबैभन्दा ठूलो चुनौती रहेको जनाएको छ।


सम्बन्धित शीर्षकहरु

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाइ पदबाट हटाएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई हटाइ मनोज सिलवाललाई…

नासाको मंगल ग्रह रोभर पर्सिभरेन्सले मंगल ग्रहमा प्राचीन जीवनको सम्भावित संकेतहरू पत्ता लगाएको छ। रोभरले प्राचीन सुख्खा नदीको नालामा चट्टानहरू…

आज भोली आन्दोलनमा घुसपैठ भयो भनेर जेन जी पनि भन्छ, निबर्तमान सरकार र पुराना दलहरु पनि त्यसै भन्छन । अझ…

प्रतिकृयाहरू
...