Wednesday 30th September 2026

मस्कोमा एक कन्सर्ट हलमा ‘आतंककारी हमला’ हुँदा कम्तिमा ६० जनाको मृत्यु


रुसको राजधानी मस्कोस्थित एक कन्सर्ट हलमा शुक्रबार हतियारधारी समुहले आक्रमण गर्दा कम्तीमा ६० जनाको मृत्यु भएको छ भने १ सय ४५ जना घाइते भएका छन् ।

रुसले मस्को नजिकै एउटा कन्सर्ट भइरहेको ठाउँमा बन्दुकधारीहरूले गरेको अन्धाधुन्द आक्रमणलाइ ‘आतंककारी हमला’ को संज्ञा दिएको छ । सो आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त हमलाबारे प्रत्यक्ष सम्बोधन गरिसकेका छैनन् तर सरकारी सञ्चारमाध्यमहरूले उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको उल्लेख गरेको छ।

रुसी विदेश मन्त्रालयले हताहत हुनेमा बालबालिका पनि रहेको जनाएको छ । उक्त भवनमा आगो लागेको छ र छानोको अधिकांश हिस्सा जलेको छ। हतियारधारी समुहले पहिला अन्धाधुन्द गोली चलाएका थिए त्यसपछि आगजनी गरेका थिए ।

रुस र युक्रेनबीच लडाइँ चलिरहेको समयमा भएको यो गोली काण्डमा आफ्नो संलग्नता नरहेको किभले जनाएको छ।

संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले उक्त आक्रमणलाई ‘अक्षम्य र लाछी आतङ्कवादी हमला’ भन्दै आतङ्कवाद अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि सबैभन्दा ठूलो चुनौती रहेको जनाएको छ।


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...