Tuesday 8th April 2025

सुन तस्करी प्रकरणमा मुछिएका कृष्णबहादुर महरा पक्राउ


सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । रुपन्देहीमा पक्राउ परेका महरालाई काठमाडौं ल्याइँदै छ ।

सुन तस्करी प्रकरणको अनुसन्धानका लागि प्रहरीले महरालाई लुम्बिनीबाट नियन्त्रणमा लिएको हो । रोल्पा जान लागेका उनलाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो । भारत पस्नसक्ने आशंकामा महरालाई पक्राउ गरिएको प्रहरी स्रोतको भनाइ छ ।

गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका सबै जनामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन हिजो प्रहरीलाई निर्देशन दिएका थिए । सुन तस्करीको जाँचबुझ गर्न गठित आयोगले बुझाएको प्रतिवेदनअनुसार आरोपितहरूलाई कारबाही गर्न उपप्रधान गृहमन्त्री लामिछानेले प्रहरीको सीआईबीलाई निर्देशन दिएका हुन् ।

जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरी तत्काल नतिजा आउने गरी कारबाही गर्न लामिछानेले गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबी प्रमुख एआईजी श्याम ज्ञवालीलाई निर्देशन दिएका थिए ।

साउन २ मा ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो र २०७९ पुसमा विद्युतीय चुरोट-भेपमा ल्याइएको ९ किलो सुन तस्करीमा पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, उनका छोरा राहुल, पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन र परराष्ट्रविज्ञ जीवन गुरुङसहित मुछिएका थिए


सम्बन्धित शीर्षकहरु

कोलकाताकी मानसी घोष गायन रियालिटी शो इन्डियन आइडलः १५ को विजेता घोषित भएकी छन् । फाइनलमा पुग्ने उत्कृष्ट पाँच प्रतियोगीमध्ये…

अरब क्षेत्र विशाल बालुवाको टिब्बा र बालुवा आँधीका लागि परिचित छ। यो क्षेत्र यसको अत्यधिक गर्मी र खडेरी हुने गर्दछ।…

शीत काव्य समाज नेपालको आयोजनामा दुई शीत कृति लोकार्पण भएको छ । समाजद्वारा काठमाडौमा आयोजित कार्यक्रममा प्रमुख अतिथि शिक्षाविद् लेखक…

प्रतिकृयाहरू
...