Monday 7th September 2026

रमादानको पहिलो दिन दुर्घटनामा परेर दुई नेपाली सहित ५ जनाको मृत्यु


रमादानको पहिलो दिन दुर्घटनामा परेर दुई नेपाली सहित ५ जनाको मृत्यु भएको छ । अरब टाईम्सका अनुसार उनीहरुलाई माहवुल्ला क्षेत्रमा एक कुवेतीको कारले ठक्कर दिएको थियो ।
माहबुल्ला अगाडिको कोस्टल रोडमा कुवेती नागरिकले चलाएको कारले २ नेपाली र एक अपरिचित पुरुष गरी तीनजनालाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो । गृहमन्त्रालयको अपरेशन रुमले दुर्घटनाको जानकारी पाएपछि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले घटनास्थलमा पुगेर मृतकको शवलाई फरेन्सिक मेडिसिन विभागमा रिफर गरेका थिए ।

यसैबीच सुबिया रोडमा कारले ठक्कर दिँदा एक कुवेती नागरिकको मृत्यु भएको छ । उनको शवलाई फरेन्सिक मेडिसिन विभागमा लगिएको थियो र मुद्दा दर्ता गरिएको थियो। त्यस्तै, सुबिया रोडमा अर्को गाडीसँग ठोक्किँदा एक अफगान प्रवासीको मृत्यु भएको छ । उनलाई गाडीको भग्नावशेषबाट निकालियो र उनको शव फोरेन्सिक मेडिसिनमा पठाइएको थियो। यी सवै दुर्घटनाको मुद्धा दर्ता गरिएको र आवश्यक अनुसन्धान भईरहेको जनाईएको छ ।

दुर्घटनामा मृत्यु हुने नेपाली को थिए तिनको विवरण भने खुल्न बाकी नै छ ।


सम्बन्धित शीर्षकहरु

भोटेकोसी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको १३ औँ दिनमा नेपालले सोमबार राष्ट्रिय शोक मनाएको छ। बाढीमा ज्यान गुमाएकाहरूको…

भोटेकोसी नदीमा आएको विनाशकारी हिमबाढीमा परी मृत्यु हुनेको संख्या १,३५५ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार…

दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा दुई बालबालिका र दुई स्वास्थ्यकर्मी पनि…

प्रतिकृयाहरू
...