Thursday 28th May 2026

ब्वाइफ्रेन्ड नखोजिदिएको भन्दै डेटिङ एजेन्सी बिरूद्ध मुद्दा


तितोपाटी – डिभोर्स गरेर एकल जीवन बिताइरहेकी एकजना महिला धनी ब्वायफ्रेण्डको खोजीमा थिइन् । तर ब्वायफ्रेण्ड फेला नपर्दा आफूलाई नोक्सान भएको भन्दै उनले एक डेटिङ एजेन्सीविरुद्ध मुद्दा हालेकी छिन् । मुद्दामा उनले झण्डै २० लाख रुपैयाँ बराबरको रकम क्षतिपूर्ति पाउनुपर्ने माग पनि गरेकी छिन् ।

डेटिङ कम्पनीले उनका लागि लागि सुहाउँदो जोडी खोजिदिन सकेन । उनलाई आफ्नो सपनाको राजकुमार फेला पर्ने भरोसा थियो । तर भाग्यले साथ दिएन ।

फलतः उनले बेलायतको लण्डनस्थित डेटिङ कम्पनी सेभेन्टी थर्टी विरुद्ध धोकाधडी तथा झुटो आश देखाएको भन्दै मुद्दा हालेकी हुन् । त्यसरी मुद्दा हाल्ने महिलाको नाम टेरेजा बुर्की भएको बताइएको छ ।

उनको मुद्दामा सुनुवाई गर्दै अदालतले डेटिङ कम्पनीद्वारा आफ्नो एक्सक्लूसिभ सदस्यता कार्यक्रममार्फत ती महिलालाई गुमराहमा राख्ने काम गरिएको ठहर गरेको छ । डेटिङ कम्पनीमा सदस्यताका लागि टेरेजालो धेरै शुल्क चुक्ता गरेको भएपनि बाचा गरेअनुसारको सेवा पाउन नसकेको भन्दै अदालतले एजेन्सीलाई दोषी ठहर गरेको हो ।

स्मरणरहोस् ४७ वर्षकी ती डिभोर्सी महिला ३ सन्तानकी आमा हुन् । उनी सन् २०१३ मै उक्त डेटिङ सर्भिस कम्पनीको सदस्य भई आफ्नो नयाँ पार्टनरको खोजी गरिरहेकी थिइन् । उनले उक्त डेटिङ सर्भिसमा सदस्यता शुल्क तथा पार्टनर खोजी शुल्कलगायतका विभिन्न शीर्षकमा गरी १२ हजार ६ सय पाउण्ड शुल्क भुक्तानी गरिसकेकी छिन् ।

तर यतिधेरै वर्ष हुँदा पनि कम्पनीले आफ्नोलागि पार्टनर खोजिदिन नसकेपछि उनले सो रकम क्षतिपूर्ति माग गरी कम्पनी विरुद्ध मुद्दा हालेकी हुन् ।

एजेन्सी


सम्बन्धित शीर्षकहरु

लुलु कनेक्टले कुवेतभरिका प्रविधि पारखीहरू र ग्राहकहरूका लागि नयाँ र नविनतम किनमेल अनुभव प्रदान गर्ने उद्देश्यका साथ मे २४ मा…

अमेरिका र ईरान  बीच शान्ति वार्ता अघि बढ्न सक्ने संकेत सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय तेल बजारमा आएको करिब ५ प्रतिशतको गिरावट…

बालेन शाह ले गणतन्त्र दिवसमा सम्बोधन नगर्ने निर्णय केवल एउटा “कार्यक्रम व्यवस्थापन” को विषय मात्र होइन, यो अहिलेको सत्ता–शैली, राजनीतिक…

प्रतिकृयाहरू
...