Sunday 26th July 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः नेपाल मेरो जन्मभू्मि…


नेपाल मेरो  जन्मभूमि र कर्मभूमि हो
भगवान् सँग प्रार्थना गर्न समय निकाल्न पर्ने भो
मेरो देश नेपाल हो यो मुद्रास्फीतिले भरिएको छ
राष्ट्रलाई  माथि उठाउने मेरो  ठुलो स्वार्थ छ
 
देश कता जाँदै छ लागेको छु केही सोच्न
पहल गर्नुपर्छ देशको अर्थतन्त्र सुधार गर्न
देशका राजनीतिज्ञले देश बनाउन लाग्नुपर्छ 
भाइचारा, देश प्रेम र समाज प्रति जबाफदेही हुनुपर्छ
 
हे धर्ती माता मेरो देशप्रति गहिरो प्रेम छ
म त हजुर नेपाली देशलाई विश्वमा  चिनाउनु छ
राष्ट्रियता र देश प्रेम मन मुटुमा राख्नु छ
अरू त छैन चाहना देशलाई प्रेम गर्नु छ
 
यो देश हाम्रो देश हो सधैँ जय होस् हाम्रो देशको
पढ्नु छ कथा मैले देश प्रेम ,एकता र स्वाभिमानीको
नेपाल मेरो  जन्मभूमि र कर्मभूमि हो
भगवान् सँग प्रार्थना गर्न समय निकाल्न पर्ने भो ।।

-गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

जलवायु परिवर्तनबाट प्रभावित भीषण डढेलोका कारण फ्रान्स र स्पेनमा ३ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। नयाँ स्थानान्तरण आदेश जारी…

यमनका हुथी विद्रोहीहरूले साउदी अरबको जिजान र यान्बुस्थित तेल पूर्वाधारलाई निशाना बनाएको दाबी गरेका छन्। आक्रमणको आधिकारिक पुष्टि नभए पनि…

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई सम्बोधन गर्दै दिएको "एक पटकको नेपाली, सधैँको नेपाली" भन्ने अभिव्यक्तिले विदेशमा रहेका लाखौँ…

प्रतिकृयाहरू
...