Wednesday 17th June 2026

निरेम भलिबल को उपाधि कल्याणकारी नेपाली युवा समाजलाई


तितोपाटी – निरेम भलिबल प्रतियोगिता २०२४” को उपाधि कल्याणकारी नेपाली युवा समाजले हात पारेको छ ।कुवेतस्थित माबुलाको खेल मैदानमा २३ फेब्रुअरी २०२४ का दिन भव्य रूपमा सम्पन्न भएको थियो । BEC Exchange / City express एक्सचेन्जको मुख्य प्रायोजनमा संचालित उक्त भलिबल प्रतियोगितामा जम्मा १९ टिमको सहभागिता रहेको थियो। भने कल्याणकारी नेपाली युवा समाज कुवेत बिजेता साथै द्वितीय आयोजक Nirem Team र तृतीय लुम्बिनी समाज रहेका छन् ।

प्रतियोगितामा प्रथम हुनेलाई १५१ केडी, द्वितीय १०१ केडी र तेस्रो हुने टिमलाई ५१ केडी नगदसँगै ट्रफि, मेडल र प्रमाणत्र तथा उत्कृष्ट खेलाडीहरू लाइ पनि ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो। उक्त भलिबल प्रतियोगितामा BEC EXCHANGE / CITY EXPRESS को मार्केटिङ टिमबाट विशेष आकर्शक गिफ्ट ब्यागहरु, विशेष खेलाडी हरुलाई उपहार स्वरुप प्रदान गरिएको थियो ।

हजारौं दर्शकहरूका बिच खेलाइएको भलिबल खेलको बिजेता र उपबिजेता टिमहरुलाई गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतका अध्यक्ष रण ध्वज लामा, मगर संघ कुवेत कार्यबाहक अध्यक्ष:जय आले मगर, बहराइन एक्स्चेन्ज कम्पनी(BEC) कुवेतका प्रतिनीधीको हातबाट पुरस्कार वितरण गराईएको थियो।

एकदमै भब्य र सब्य रुपमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न पार्न प्रत्यक्ष वा परोक्ष रुपमा आर्थिक, भौतिक एवं बौद्दिक क्षेत्रबाट सहयोग गर्नुहुने सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनी,रेफ्री, खेलाडी, पत्रकार, कलाकार र उपस्थित सम्पूर्ण खेलप्रेमी दर्शकवृन्दलाई मुरीमुरी धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि आयोजना हुने हरेक गतिविधिहरुमा सबैको यसरी नै सहयोग रहने अपेक्षा राख्दै कार्यक्रम समापन गरेका थिए।


सम्बन्धित शीर्षकहरु

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति…

बेरुत। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित दहियाह जिल्लाभित्र रहेको हिजबुल्लाहको नयाँ पहिचान…

प्रतिकृयाहरू
...