Friday 17th April 2026

गजल


देशमा रोजगार नपाए रै परदेश सरेको हु।
श्रम र राहदानी बोकी सातसमुन्द्र तरेको हु।

स्वदेशमा भविष्य अन्धकार देखेपछि मैले,
आफ्नो देश छोड्न बाध्यतामा परेको हु।

कहिले बुझेन श्रमिकको श्रमलाई सरकारले,
रगत र पसिना बेचेर रिमिट्यान्स भरेको हु।

बाध्यता र विवशताको हावाहुरीले उडाएर
भौतारिदा भौतारिदै मरुभूमिमा झरेको हु।

नसोध मलाई कहिले देश फर्किन्छौ भनेर,
देशको हालत देखेर नफर्किने निधो गरेको हु।

-सृर्जना पाण्डे (सिरु)
चितवन, हाल पर्देश


सम्बन्धित शीर्षकहरु

काठमाडौँ — नेपालका लागि चीनका राजदूत चाङ माओमिङले गृहमन्त्री सुधन गुरुङसँग सोमबार भएको अनौपचारिक भेटमा तिब्बत र ताइवानसँग सम्बन्धित गतिविधिबारे…

उत्तर कोरियाले आफ्नो आणविक हतियार उत्पादन क्षमतामा तीव्र वृद्धि गरिरहेको भन्दै अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) ले गम्भीर चिन्ता व्यक्त…

सभामुख डोलप्रसाद (डीपी) अर्यालको सरकारी गाडीलाई सिंहदरबार पुग्ने क्रममा ट्राफिक प्रहरीले चिट काटेको घटना अहिले निकै चर्चामा आएको छ। प्रारम्भिक…

प्रतिकृयाहरू
...