Thursday 28th November 2024

कविताः मुहारिकामा साहित्यकारहरू -गुणनिधि घिमिरे


उठाई देश काँधमा म गर्छु भक्ति वन्दना
सुपुत्र हूँ म देशको छ आत्मग्लानी सम्झना ।
कदापि काहिँ चुक्दिन म आफ्नो तेज शक्तिमा
जहाँ जहाँ पुगे पनि म हुन्छु देशभक्तिमा ॥

चलेन देश शान्तिले र बोल्न थाल्यो सारिका
समाजवादी तन्त्र रे कता गयो इकारिका ।
म राज्य बोक्छु भन्दथिन् कहाँ लुकिन् ती तारिका
सहीद चाल हेर्दछन् पुगेर जो निहारिका ॥

नपार्नु धर्म सारथी चलाऊ देश न्यायले
सहिष्णु धीर स्थिर भै सुधार यो अध्यायले ।
असभ्य बोली पङ्क्तिमा हटाऊ शब्द भाषिका
रचेर वाल वालमा फिँजाऊ काव्यमालिका ॥

बनेन दण्डसंहिता बेहाल छन् कुमारिका
नेपाल कृष्णकाल झैँ बनेन हेर द्वारिका ।
व्युत्पन्न मातृभावले उठाई हात नारिका
चिनाऊँ देश विश्वमा सजाई यो मुहारिका ॥

-गुणनिधि घिमिरे
अमेरिका


सम्बन्धित शीर्षकहरु

रोयटर्स -अमेरिका र फ्रान्सद्वारा मध्यस्थ गरिएको सम्झौतामा दुवै पक्ष सहमत भएको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएपछि इजरायल र इरान-समर्थित…

अमेरिकी अर्बपति तथा लगानीकर्ता वारेन बफेटले बर्कशायर ह्याथवेको १.१५ अर्ब अमेरिकी डलरभन्दा बढीको स्टक ४ फाउन्डेसनलाई दान गर्ने निर्णय गरेका…

कुवेतमा बसोबास गर्ने किराती समुदायले “भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण, किरातीहरुको साझा अभियान” भन्ने नाराका साथ किरातीहरुको महान चाड चासोक…

प्रतिकृयाहरू
...