Thursday 1st October 2026

“टुक्का पुञ्ज” श्रृङ्खला -५


साहित्यकाे काव्यिक विधामा प्रयाेगकाे रुपमा नेपाली भाषा साहित्यबाट २०७७ साल साउन २५ गतेबाट शुरु भएकाे दुई हरफकाे कविता “टुक्का कविता” छाेटाे समयमा अत्यन्तै लाेकप्रिय भएकाे छ । टुक्का कविताकाे आधिकारीक फेसबुक ग्रुप पेज “टुक्का कविता” मा पाेष्ट हुन अाएका टुक्का कविताहरू मध्येबाट केही उत्कृष्ट टुक्का कविताहरू सङ्कलन गरेर साप्ताहिक रुपमा प्रकाशन गर्ने उद्धेश्यले टुक्का साहित्य समाजका अध्यक्ष / टुक्का कविताका परिकल्पनाकार ताराप्रसाद चापागाईँकाे परिकल्पना तथा टुक्का अभियन्ता धनुष न्याैपानेकाे संयाेजकत्वमा टुक्का कविता प्रकाशनमा शुरुवाती समय देखि साथ दिँदै अाएकाे पत्रिका तिताेपाटी डट कममा “टुक्का पुञ्ज” नामक साप्ताहिक स्तम्भकाे शुरुवात भएकाे छ । टुक्का पुञ्जकाे याे पाचाैँ श्रृङ्खला हाे ।

संयाेजक : धनुष न्याैपाने
[१]
१.
उठ युवा जाग तिमीहरू
तिमी बाहेक देखिदैन् अरू।
२.
भ्रष्टाचारले अब सीमा नै पार गर्यो
देशमा नयाँ नेतृत्व आवश्यक पर्यो ।
✍️ अर्जुन चौलागाईं
रामेछाप
[२]
१.
सत्ता टिकाउनु छ विदेशीकाे भर परी
विरोध नगर जनता भन्छु बरु सरी ।
२.
फुल्ने गर्छन् काँडा बिचमा गुलाफकाे फूल
प्रेम बढाउन बनेका छन् सुन्दर पुल ।
✍️ राज कुमार राजभण्डारी “खाेटाङ्गे”
मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
[३]
१.
पटमूर्ख सधैँ जसो आफूलाई विद्वान् ठान्छ
केही नजानेर पनि आफूलाई जान्ने नै मान्छ ।
२.
मूर्खले अरूलाई पनि मूर्ख नै मान्छ
नजाने पनि जान्ने हुँ भन्ने आफैँ ठान्छ ।
✍️ विवश पारदर्शी
झापा
[४]
१.
जीवन त यस्तै हो घाम पानी झरी बादल हुने
किन चाहियो र कोही आफै खुसी हुने आफैँ रुने ।
२.
लोभी आँखा पापी मन सबै नेता बरु हुन्छ काशी गए
हेर अब देश विकास गर्न नौजवान तयार भए।
✍️ सुशिला थापा
काठमाडाैँ
[५]
१.
भेट्ने आस लाग्ने खोलिको दुई किनार हुँदा
पुछ्ने हात छैन एक्लै आँसुले मुहार धुँदा।
२.
खेल्नु खेल्यो नियतिले जीवनमा खेल
तिम्रो जित भयो प्रेममा म भए फेल ।
✍️ संगीता खरेल
काठमाडाैँ

::::: जय टुक्का! जय साहित्य!! :::::


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...