Wednesday 24th December 2025

यूएईमा बन्यो पहिलो हिन्दु मन्दिर, मोदीले गरे उदघाटन


यूएईको राजधानी अबुधाबीमा हिन्दुहरुको पहिलो मन्दिर स्थापना भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरको उदघाटन गरेका छन् यो मन्दिरको निर्माण बोचासनवासी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था अर्थात् बीएपीएसले गरेको हो । मन्दिर बनाउन जग्गा भने यूएई सरकारले दिएको थियो ।

करिब ११ हेक्टर जग्गामा ७०० करोड भारु खर्च गरेर मन्दिर बनाइएको बीबीसीले जनाएको छ । मन्दिर १०८ फिट अग्लो र १८० फिट चौडा छ । मन्दिर निर्माणमा सिंगमरमर, ढुंगा र चुना प्रयोग गरिएको छ । मन्दिरका सात स्तम्भलाई यूएईका सात राज्यका प्रतीकको रुपमा लिइएको छ ।

बीएपीएसले यो मन्दिर सदभावको प्रतीक भएको र सबै धर्म मान्नेहरुका लागि खुला गरिएको जनाएको छ ।

मन्दिरमा आगन्तुक कक्ष, प्रार्थना कक्ष, प्रदर्शनी हल, सिकाइ कक्ष, बच्चा र युवाहरुका लागि खेल्ने स्थान लगायत सुविधा पनि छन् । साथै विभिन्न थिममा आधारित उद्यान, वाटर फिचर्स, फुड कोर्ट र पुस्तक तथा उपहार किन्न पाइने पसल पनि छन् ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनमा युद्ध अन्त्य गर्ने वार्तामा पश्चिमा र कीभको कोर्टमा रहेको बताएका छन्। उनले मस्कोको हालैको…

प्रतिकृयाहरू
...