Wednesday 2nd September 2026

त्रिशुलीमा ट्रक खस्दा १ को मृत्यु, १ वेपत्ता, ३ घाइते


तितोपाटी – त्रिशूली नदीमा मंगलबार राति ट्रक खस्दा एक जनाको मृत्यु भएको छ, एक बेपत्ता भएका छन्  भने ३ जना घाइते भएका छन् ।

काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको बा४ख ७७८१ नं को ट्रक गजुरी गाउँपालिका–६ पोखरेखोलाबाट त्रिशूलीमा खस्दा गजुरी–६ का २२ वर्षीय केशर पुलामीको मृत्यु भएको हो । सोही ठाउँका २१ वर्षीय रामकृष्ण भुजेल नदीमा हराइरहेका छन् ।

भुजेलको खोजी भइरहेको प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिए । घाइते तीन जनालाई उपचारको लागि काठमाडौँस्थित ट्रमा सेन्टर पठाइएको छ ।


सम्बन्धित शीर्षकहरु

सिरियाको दक्षिणी प्रान्त स्वेइदा (Sweida/Suwayda) मा पुनः हिंसा भड्किएपछि राष्ट्रपति अहमद अल–शराआ नेतृत्वको नयाँ सरकारका लागि देशलाई एकीकृत गर्ने प्रयास…

अमेरिकाले मंगलबार इरानका विभिन्न सैन्य संरचनामाथि नयाँ आक्रमण गरेपछि मध्यपूर्वमा तनाव फेरि बढेको छ। अमेरिकाले यी आक्रमणहरू होर्मुज जलडमरूमध्यमा जहाज…

कुवेतमा नेपालीका लागि एकदिने स्वास्थ्य निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । कुवेतस्थित नेपाली राजदूतावासले Metro Medical Group को…

प्रतिकृयाहरू
...