Sunday 12th April 2026

रूसले शीतयुद्ध पछिको सबैभन्दा ठुलो सैनिक अभ्यास गर्ने


तितोपाटी – रुसले आगामी महिना शीतयुद्ध पछि पहिलोपटक सबैभन्दा विशाल युद्ध अभ्यास गर्ने भएको रुसी रक्षा मन्त्रीले बताएका छन्।

सन् १९८० पछि तीन लाख सेना र एक हजार विमान प्रयोग गरी हुने सैन्य अभ्यासलाई भोस्टोक–२०१८ नामाकरण गरिने छ। सेप्टेम्बर १० देखि पाँच दिन हुने अभ्यासमा मुलुकका केन्द्रदेखि पूर्वी क्षेत्रसम्मका सबै तहका सेनाको प्रतिनिधित्व हुनेछ।

यो अभ्यास पूर्वी यूरोपमा सन् १९८१ मा गरिएको झापड–८१ को झलक दिने खालको तर कतिपय बिषयमा अझ विशाल अभ्यास हुने रक्षा मन्त्री सर्गेई सोइगुले बताए। उनले थपे, “कल्पना गर्नुस्, ३६ हजार सैनिक हतियार, हतियार ट्याङ्कहरू, सैन्य गाडीहरू एकैपटक चलेको यो पक्कै अनौठो हुनेछ।”

रुसले गत बर्ष झापड–२०१७ नामक सैन्य अभ्यास गरेको थियो जसमा १२ हजार ७०० सेनाको प्रयोग भएको थियो।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...