Tuesday 22nd September 2026

हेम थापा दम्पत्तीद्वारा क्यान्सर पिडितलाई ५० हजार सहयोग


तीतोपाटी- आफुले १८ घन्टा परदेशमा खटिएर पसिना बगाएर कमाएको पैसा निरन्तर परोपकारमा खर्च गरिरहेका समाजसेवी हेम थापा (अमेरिका) दम्पतीले पुनः अर्को सहयोग गरेका छन ।

थापा दम्पत्तीले सोमबार आर्थिक अवस्था निकै कमजोर भएकी रोल्पा जितवाङ-७ स्थाई घर भइ हाल दाङको घोराई उ.म.न.पा-७ बस्दै आएकी ८ कक्षामा अध्ययनरत १५ बर्षीया नारायणी घर्तीको उपचारको लागि  पचास हजार नेपाली रूपैयाँ (५०,०००/-) सहयोग गरेको समाजसेवी हेम थापाले बताए । पीडित बालिकाका बुबा भुपेन्द्र प्रकाशका अनुसार नारायणीलाई हातमा क्यान्सर भएकोछ । हाल अमेरिका निवासी समाजसेवी हेम थापा दम्पत्तीको स्थाई घर तेह्रथुम जिल्ला मोराहाङ गाबिस ९ सिकिदेम हो ।

स्मरण रहोस समाजसेवामा करोड भन्दा बढी खर्च गरिसकेका यी दम्पतीले साउदीमा फसेका प्रेम राई बचाउन ५ लाख र कुमार राना बचाउन २ लाख आफ्नै खल्तीको पैसा खर्च गरेका थिए । आजसम्म जति पनि सहयोग गरे आफ्नै पसिनाको कमाईको पैसा खर्च गरिरहेको थापा दम्पत्ती बताउँछन ।


सम्बन्धित शीर्षकहरु

विश्व अहिले युद्ध, आर्थिक संकट, जलवायु परिवर्तन र राजनीतिक अस्थिरताका कारण चुनौतीपूर्ण अवस्थामा पुगेको छ। इरान र युक्रेनका युद्ध झन्…

मध्यपूर्वमा बढ्दै गएको युद्ध र तनावले एउटा गम्भीर प्रश्न खडा गरेको छ—युद्ध फैलिँदा आखिर सुरक्षित को छ? अमेरिका–इजरायल र इरानबीचको…

जर्मनीमा अटोमोबाइल उद्योग गम्भीर संकटमा परेपछि हजारौं अटो उद्योगका कामदारहरूले देशव्यापी प्रदर्शन गरेका छन्। श्रमिक संगठन आईजी मेटल (IG Metall)…

प्रतिकृयाहरू
...