Saturday 10th May 2025

ईजरायली युवा जसलाई हमासले बन्दक बनायो र ईजरायलले मारयो


डिसेम्बर 10 मा रेकर्ड गरिएको IDF कुकुरबाट बरामद गरिएको भिडियो फुटेजले IDF गोलानी सेनाको गल्तीले गोली हानेर मारिएका थियो । तीन जना बन्धकहरूलाई अपहरणकारी हमासले भाग्न अनुमती दिएको कारण उनीहरु भाग्ने क्रममा मारिएका थिए । ईजरायली सेनाले उनीहरुलाई हमास लडाकु ठानेर मारेको थियो ।

डिसेम्बर 10 मा हमास आतंककारी र IDF गोलानी सेनाहरू बीच शेजियामा लडाईको क्रममा एक IDF कुकुरलाई शंकास्पद क्षेत्रमा पठाइएको थियो। पठाईएको स्थानमा हमास लडाकुहरु लुकेका थिए । उनीहरुले कुकुर आएको देखे पछि गोली हानेर मारिदिए । त्यहाँ केही दिन देखि लडाई चलिरहेको थियो र केही ईजरायली सेनाहरु हाताहात भएका थिए । हमास लडाकु उत्साहित थिए र उनीहरु अगाडी बढदै थिए । कुकुर मरे पछि उनीहरुले त्यसलाई वास्ता गरेनन तर कुकुरसँग बाधिएको क्यामरा मा असर नपरेको ले उनीहरुको गतिविधीहरु रेर्कड भईरहेको थियो ।

कुकुर मारिए पछि पनि त्यसको क्यामाराले रेर्कड गरेको कुरा मा आईडिएफले ध्यान दिईरहेको थियो । हमास लडाकुले तीन ईजरायली बन्दकहरुलाई भाग्न अनुमती दिए पछि त्यो क्यामरामा उनीहरु कैद भए र आईडिएफले हमास लडाकु सम्झेर मारिदियो । तर त्यसपछि पनि आईडिएफले क्यामराको अध्यायन गरिरहयो ती मारिएका लडाकु लिन कोही पनि फेरी कहिल्यै आएनन । त्यसपछि आईडिएफ जस्कियो र पुन मारिएकाहरुको सम्बन्धमा गहिरो विश्लेषण गरर्यो नतिजा उनीहरु ईजरायली बन्दक भएको निस्कियो ।

ती युवाहरुले हामीलाई बचाउनुस भन्दै केही संकेतहरु छाडेका थिए । उनीहरुले कराएर हिबु्र भाषामा भनेका थिए । ती आवाजहरु पनि रेर्कड भएका थिए । तर आईडिएफ सेनाले सोच्यो की यो हमासको पासो पार्ने चाल हो । IDF ले निष्कर्ष निकालेको छ कि यो ठाउँ, जहाँबाट बन्धकहरूलाई पछि गल्तीले अन्य IDF बलहरूले गोली हानेर मारेको थियो, त्यही ठाउँ थियो जहाँबाट बन्धकहरूलाई मुक्त गरिएको थियो र उनीहरूले भाग्न खोजेका थिए र IDF लाई संकेत पठाउन खोजेका थिए। अर्को पाँच दिनमा बल्ल आईडिएफले उक्त ठाउँलाई कव्जामा लियो ।

योटाम चाइम, समेर तलालका र एलोन शमरिज नाम गरेका तीनै जनालाई अक्टोबर ७ मा दक्षिणी इजरायली समुदायहरू विरुद्धको नरसंहारको क्रममा बन्धक बनाइएको थियो।
प्रारम्भिक अनुसन्धानका अनुसार बन्धकहरू भवनको बाहिरी पर्खालहरूमा “हेल्प” र “एसओएस” स्प्रे-पेन्ट गरिएको शब्दहरूको साथ उभिरहेका थिए।

थप रूपमा, IDF ले घातक झगडा हुनुभन्दा दुई दिन अघि भवनहरूमा “तीन बन्धकहरू – मद्दत” भन्ने सन्देश पनि फेला पारेको थियो। प्रारम्भमा, IDF ले ती सन्देशहरू भएका भवनहरूलाई हमासको पासो हो भनी विश्वास गर्दै बेवास्ता गरेका थिए । त्यहीबाट उनीहरुको गल्ती शुरु हुन्छ ।


सम्बन्धित शीर्षकहरु

पाल्पा र गुल्मीको संगमस्थल रुरु क्षेत्र धाममा पहिलो पटक शालिग्राम महोत्सव गरिएको छ। कालीगण्डकीमा पाइने शालिग्रामको प्रचारप्रसार गर्ने उद्देश्यले शुक्रबारदेखि…

स्वस्थ रहनका लागि राति राम्रो र गहिरो निद्रा लिनु जरुरी छ। तर, आजको व्यस्त जीवनमा धेरै मानिसहरू ढिलो सुत्छन्। कोही…

पाकिस्तानको सरकारी सञ्चारमाध्यम पिटिभी न्यूजका अनुसार ‘बुनयान मर्सूस’ कारवाही अन्तर्गत पाकिस्तानले भारतको विद्युत् वितरण प्रणालीमा (पावर ग्रिड)मा साइबर आक्रमण गरेको…

प्रतिकृयाहरू
...