Sunday 20th September 2026

भाइरल भिडियोबारे दूतावास भन्छ- अझै पुष्टि भएको छैन


तितोपाटी-दुई दिन देखि सामाजिक संजालमा भाइरल भिडियो बारेमा नेपाली दूतावास कुवेतले अझैसम्म पुष्टि नभएको जनाएको छ।  सामाजिक संजालमा लिभिङ टुगेदर बस्ने जोडी आपसी मनमुटाव पछि प्रेमीले प्रेमिकालाई पटक पटक चक्कु रेटि हत्या गरेको भन्दै क्यापसन राखि भिडियो सेयर भैईरहेकोे छ। सर्बत्र चासोको बिषय बनेको उक्त भिडियोमा देखिएको दर्दनाक घटना कुवेत मै भएको र काहाली लाग्दो दृश्यमा देखिएको महिला नेपाली चेली नै भएको भन्दै चर्चा भैइरहेको छ।
सामाजिक संजालमा सार्वजनिक भएको दर्दनाक भाइरल भिडियो क्लिप बारे नेपाली दूतावास कुवेतमा बुझ्दा यो समाचार तयार पार्दासम्म घटनाको आधिकारिक रूपमा पुष्टि भएको छैन। नेपाली दूतावासले यस बिषयलाई गम्भीरता पुर्वक लिएको छ तर घटनाबारे नेपाली नै हो भन्ने कुनै पनि प्रमाणित हुने सूचना पाउन नसकिएको नेपाली दूतावास कुवेतका प्रथम सचिव प्रेमराज गौतमले बनाउनु भएकोछ।
पछिल्लो पटक रोजगारीको केन्द्र बिन्दु बनेको कुवेतमा नेपालीहरु आउने क्रम बढ्दो छ। केहि दिन पहिला समेत एक नेपाली चेलीको हत्या भएको भन्दै सामाजिक संजाल रङिएको थियो। त्यसको पनि अहिलेसम्म दूतावासबाट आधिकारिक रूपमा पुष्टि भएको छैन ।

 


सम्बन्धित शीर्षकहरु

यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियाद तथा रेड सी तटीय क्षेत्रमा रहेका ऊर्जा केन्द्रहरूमा ड्रोन र मिसाइल…

मैलेँ विदेशबाट आमालाई सोधेँ आमाले स्वदेशबाट मलाई सोध्नु भयो दुइटैको सोधाइ उस्तै थियो आमाले सन्चै छौँ भन्नु भयो मैलेँ सन्चै…

अत्याधुनिक चिकित्सा प्रविधि र दक्ष चिकित्सकको टिम: पारस मल्टिस्पेसियालिटी हस्पिटलमा बढ्दै बिरामीको विश्वास -गुलाम नवि मन्सुर विराटनगर, पछिल्लो समय विराटनगरस्थित…

प्रतिकृयाहरू
...