Monday 8th June 2026

अथकलाई कविरत्न पुरस्कार


नारायण कोइराला – साहित्यकार पुष्कर अथक रेग्मी कविरत्न माधव प्रसाद देवकोटा साहित्य पुरस्कारद्वारा सम्मानित भएका छन् । नवजागृति पुस्तकालय बुटवलद्वारा कविवर माधव प्रसाद देवकोटाको १२१ ओैं जन्मजयन्तीको सन्दर्भमा आयोजित बिशेष कार्यक्रममा साहित्यकार अथकलाई पुस्तकालयका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठ र प्रमुख अतिथि अगुवा समाजसेवी लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष जीवन प्रसाद ओझाद्वारा सम्मान गरिएको हो ।

गुरु माधव प्रसाद देवगुरूको चेलो म अाज उहाँकै कार्यक्रममा प्रमुख अतिथि हुन पाउँदा गौरवान्वित छु ।
माधव गुरूको योगदानको चर्चा परिचर्चा हुनु जरूरी छ ।
यस्ता गतिविधिहरू भइनैरहनु पर्छ भनी प्रमुख अतिथि ओझाज्यूले भन्नुभयो । पुस्तकालयको आयव्यय सहित बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले हरेक महिनाको १५ गते कुनै न कुनै कार्यक्रम गर्दै आएको र अग्रज साहित्यकारहरूको सम्झननमा बर्तमान साहित्यकारहरूलाई पुरस्कृत गर्दै आएको बताउनु भयो ।

कविरत्न माधव प्रसाद देवकोटा र सम्मानित व्यत्तित्व अथकको परिचय दिने कार्य साहित्यकार कृष्ण प्रसाद
कोइरालाद्वारा गरियो । पुष्कर अथक रेग्मीले नेपाली साहित्यको चारवटै विधामा कलम चलाई २३ वटा कृति प्रकाशित गरिसकेका र बिभन्न साहित्यिक संस्थाको अध्यक्ष रहेर संस्थालाई अघि बढाइरहनुका साथै पाल्पा साहित्य समाज मार्फत माधव प्रसाद देवकोटालाई स्मरण गर्दै अाएको भनी बताए ।

सम्मानित व्यक्तित्व अथकले पश्चिमका चिराग कविरत्न माधव प्रसाद देवकोटाको नाममा स्थापित पुरस्कारद्वारा सम्मानित हुन पाउँदा अपूर्व खुशी लागेको र साहित्यको क्षेत्रमा अझ जिम्मेवारी बढेको भनी बनाउनु भयो ।
कार्यक्रममा गणेश प्रसाद आचार्य , चुडामणि पौड्याल , वेनबहादुर पौडेल , चन्द्रमान श्रेष्ठ , ध्रुवराज काफ्ले , पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंह , वुटवल उपमहानगरपालिकाका पूर्व मेयर पुनाराम पोखरेल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । सचिव उर्मिला श्रेष्ठद्वारा संचालित कार्यक्रममा आजीवन सदस्यहरूलाई सम्मान पत्र प्रदान गरिएको थियोे ।


सम्बन्धित शीर्षकहरु

सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा आइतबार सम्पन्न एशियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिता २०२६ को पहिलो सेमिफाइनल खेलमा नेपालले ओमानमाथि ८…

काठमाडौं महानगरपालिकाले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि नयाँ भूमि व्यवस्थापन अवधारणामाथि गृहकार्य अघि बढाएको छ। प्रस्तावित योजनाअनुसार…

लेबनानी हिजबुल्लाह समूहका महासचिव नाइम कासेमले लेबनान र इजरायलका प्रतिनिधिबीच अमेरिकी मध्यस्थतामा घोषणा गरिएको सशर्त युद्धविराम प्रस्तावलाई अस्वीकार गर्दै त्यसलाई…

प्रतिकृयाहरू
...