Saturday 5th October 2024

भूकम्प पिडितका लागि कसले के कति सहयोग को घोषणा गरे


हिजो राती पश्चिम नेपालमा विशेष गरी जाजरकोट र आसपासका जिल्लामा गएको भूकम्पमा करिब २ सय जना सम्मको ज्यान गएको हुन सक्ने बताईन्छ । जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको छ । नेपालमा गएको मध्यम स्तरको भूकम्पद्धारा मानविय क्षति यति धेरै नहुन पर्ने हो तर परम्परागत रुपमा बनेका ढुंगा माटाका घरहरुका कारण पनि धेरै क्षति भएको हो ।

भुकम्पको विषयलाई लिएर छिमेकी देश चिन र भारतले साहानुभूति दर्शाएका छन । विश्वभरका प्रमुख मिडियाहरुले समाचार बनाएका छन तर सरकारले यसलाई मौका ठानेर कटौरा थाप्न बन्द गर्नु पर्दछ । आफ्नै साधनश्रोत र देशभक्त जनता र यहाँ रहेका संघसंस्था मार्फत पिडितहरुको सेवा र उनीहरुको पुनर्वासको व्यवस्था गर्नु पर्दछ ।

अहिलेसम्म चिनले १० करोड बराबरको सामाग्रि दिने भएको छ यो स्वागतयोग्य छ । पैसा दिए त्यो पनि भ्रष्टचारीको खल्तीमा पुग्ने उसले बुझेको देखिन्छ । भारतले रकम कवुलेको छैन । हामी नेपालको साथमा छौ मात्र भनेको छ । यसरी नै अमेरिकाले पनि सहयोगका लागि आश्वासन दिएको छ । तिनका सवै सहयोगहरु नगदमा आउन हुदैन र सरकारका खातामा जान पनि हुदैन भन्ने आवाज बुलन्द छ ।

आन्तरिक रुपमा सहयोगका लागि बोलकबोल गर्नेहरुमा एमाले पार्टी ले १ करोड दिने भनेको छ । यसरी नै रास्वपाले सवैलाई सहयोगका लागि आव्हान गर्दै आफ्नो नेतृत्वलाई नै भुकम्प ग्रस्त क्षेत्रमा पठाएको छ । यसरी नै सफल हवाई उडयानको नाम हो बुद्ध एयर उसले पनि १ करोड दिने घोषणा गरको छ र कोशी प्रदेश सरकारले पनि १ करोड सहयोग गर्ने घोषणा गरेको छ । अन्य बाकी ६ प्रदेशले कस्तो घोषणा गर्ने हुन हेर्न बाकी नै छ ।

अष्ट्रेलियमा रहेका नेपाली मुलका धनाढय तथा एनआरएनका पूर्व अध्यक्ष शेष घलेले पनि पिडितहरुका लागि १ करोड रकम राहत स्वरुप दिने घोषणा गरका छन । भरखरै मात्र जेलबाट छुटेका नेपाली व्यवसायी मिन बहादुर गुरुंगले एक करोड ११ हजार ११ सय ११ रुपैया दिने घोषणा गरेका छन । उनलाई अपराधीलाई झै गरेर सरकारले गिरप्तार गरेर महिना दिन भन्दा धेरै हिरासतमा लिएको थियो तर दुर्गा प्रसाईले भने झै नेपालमा अरबौको बैंकको ऋण लिएका कुनै पनि मारवाडी व्यपारीले भूकम्प पिडीतका लागि केही बोलेका छैनन । नेपाली खरबपति विनोद चौधरीले पनि औपचारिकताका लागि कही कुरा गरेका छन र उनले आफ्नो टोली प्रभावित क्षेत्रमा गएको बताएका छन । उनले के कति घोषणा गर्ने हुन वा वाईवाई चाउचाउ र विस्कुट बाडेर फर्कने हुन हेर्न बाकी छ ।

भरखरै एनआरएनबाट निर्वाचित विवादित बद्री केसी नेतृत्वको एनआरएनले १० लाख रुपैया दिने घोषणा गरेको छ भने पराजित उमेद्धार आरके शर्माले विश्वभरी रहेका नेपालीहरुलाई सहयोग गर्न आव्हान गरेका छन । नेपाल सरकारको मताहत रहेको राहात व्यवस्थापन कोष बाट तत्काल ५ करोडको निकाशा गर्ने भनेको छ । प्रधानमन्त्री प्रचण्ड भूकम्प पिडित जिल्लाको दौडाहामा निस्के पनि सरकारको स्पष्ट धारणा आएको छैन । यसरी नै राहत रकम सहयोगको घोषणा गर्ने क्रममा एनसिएल ले ५० लाख सहयोग गर्ने बताएको छ । नेपाल बायुसेवा निगमले पिडितको उद्धारका लागि उडाएको जहाजको ईन्धन खर्च आफै व्यहोर्ने बताई रहदा मेडिकल व्यवसायी डाक्टर सुनिल शर्माले जाजरकोटमा भएका घाईते विमारीहरुलाई काठमाण्डौ मेडिकल कलेजमा निशुल्क उपचार गरि दिने घोषणा गरका छन ।

नेपाल क्रिकेट संघ क्यानले आज हुने क्रिकेट फाईनलमा टिकटबाट उठ्ने रकमको आधा भूकम्प पिडितका लागि डोनेट गर्ने भएको छ । क्यानका आजका टिकट को मूल्य ३५० देखि १ हजार दरका छन । उसले दिने रकम कति हुन्छ भन्ने अनुमान अहिले गर्नु हतारो हुन्छ तर उक्त रकम पनि मोटो नै हुने देखिन्छ ।

सर्वत्र सहयोगका लागि हात बढेका छन र विदेशमा रहेका नेपालीहरुले के कति सहयोग जुटाएर पठाउने हुन त्यसको हिसाव पछि नै हुने छ । अत अलिकति व्यवस्थापन गर्न सके यो भूकम्पको क्षतिलाई सजिलै पार लगाउन गाह्रो छैन तर यसमा समेत हुन सक्ने भ्रष्टचार रोक्न सकनु पर्दछ ।


सम्बन्धित शीर्षकहरु

वासिङ्टन – राष्ट्रपति जो बाइडेनले इरानी तेल प्रशोधन केन्द्रमा इजरायली आक्रमणको सम्भावनाबारे छलफल गरिरहेको बताएका छन् । हिजो बाईडेनलाई पत्रकारहरुले…

दशैको माहोल नजिकिँदै गर्दा 'आयो है दशैं आयो ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गायक प्रभात सुवेदी तथा…

सर्वोच्च अदालतले तमिलनाडु प्रहरीलाई इशा सेन्टरविरुद्धको कारबाही रोक्न आदेश दिएको छ । बिहीबार भारतका प्रधानन्यायाधीश डीवाई चन्द्रचुडसहितको तीन सदस्यीय इजलासले…

प्रतिकृयाहरू
...