Friday 11th September 2026

अमेरिकाको न्यूयोर्कमा नेपालीले सामुदायिक बैंक स्थापना गरे


तितोपाटी – अमेरिकामा नेपालीले स्थापना गरेको बैंकिङ कारोबार गर्ने संस्थाले सञ्चालन अनुमति पाएको छ। ‘एभरेष्ट फेडरल क्रेडिट युनियन’ (इएफसियू)लाई अमेरिकी केन्द्रीय सरकार अन्तर्गतको नेशनल क्रेडिट युनियन एड्मिनिस्ट्रेसन (एनसीयूए)ले सञ्चालन अनुमति दिएको हो।

अनुमति पाएसँगै निक्षेप संकलन, कर्जा प्रवाह तथा क्रेडिट कार्डसमेत संस्थाले जारी गर्नेछ। संस्थाको प्रवद्र्धनका लागि आगामी अगष्ट २५ तारिख न्युयोर्कको ज्याक्सन हाइटमा उद्घाटन हुनेछ।

उद्घाटन समारोहमा अमेरिकाका विभिन्न क्षेत्रका राजनीतिक प्रतिनिधि, नेपाल सरकारका राजदूत र कन्सुलेटलगायत अमेरिकाका विभिन्न राज्यबाट प्रतिनिधित्व गर्ने व्यापारी, व्यवसायीको उपस्थिति रहने छ।

युनियनका संस्थापक सदस्यले तीन वर्षदेखि जटिल कानुनी प्रक्रिया पूरा गरी सञ्चालनको अनुमती पाएका हुन्।

लाखौं डलर खर्च र लामो प्रयासपछि नेपाली समुदायले अमेरिकाको क्रेडिट युनियनको सर्वोच्च निकाय संघीय सरकार अन्र्तगत रहेको (एनसीयूए)सँग सम्झौता–पत्रमा हस्ताक्षर गरी वैधानिकता प्राप्त गरेको हो। यो संस्थालाई प्रारम्भिक रुपमा दर्ता प्रक्रियामा लानका लागि गैर आवासीय नेपाली संघ, अमेरिका (एनआरएनए) ले स्पोन्सर गरेको छ।

संस्थाका अध्यक्ष डिल्लीराज भट्ट, बोर्ड सदस्य अन्जन श्रेष्ठ, राजन कर्माचार्य, विजय पौडेल, जीवन बम, बिराज रिजाल, रामसी पोख्रेल रहेका छन्। अनुगमन समितिमा डा.सुख गुरुङ, डा. केशव पौडेल र क्रेडिट कमिटिमा मोहन गिरी र नबराज केसी रहेका छन्।

डाइरेक्टर, सुपरभाइजर कमिटी, क्रेडिट कमिटीले न्यूयोर्कस्थित व्यापारिक केन्द्र ‘वालस्ट्रिट’ नजिक रहेको म्युनिसिपल क्रेडिट युनियनको कार्यालयमा सम्झौता–पत्रमा हस्ताक्षर गरेका हुन्।

अमेरिकामा विभिन्न देशबाट आएका आप्रवासीले आ–आफ्नो समुदाय लक्षित क्रेडिट युनियन सञ्चालन गर्दै आएका छन्। सम्बन्धित देशका आप्रवासीको संख्या एवम् आर्थिक गतिविधि बढ्दै गएपछि यस्तो सामुदायिक बैकिङ संस्था सञ्चालनमा ल्याएको प्रचलन देखिन्छ।


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

प्रतिकृयाहरू
...