Sunday 16th August 2026

भारतसँग नेपाल २३ रनले पराजित, पदक जित्ने सम्भावना समाप्त


नेपाली क्रिकेट टिम चीनमा जारी १९औँ एसियन गेम्सको क्रिकेट प्रतिस्पर्धाको क्वाटरफाइलबाट बाहिरिएको छ । मंगलबार भएको क्वाटरफाइनल खेलमा भारतसँग २३ रनको हार बेहोर्दै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

योसँगै लगातार तेस्रोपटक नेपाली क्रिकेट टिम पदक जित्न चुकेको छ । यसअघिको दुई संस्करणमा पनि नेपाल क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।भारतले दिएको २ सय ३ रनको बलियो लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन मात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३२, सन्दीप जोराले २९, कुशल भुर्तेलले २८, करण केसीले अविजित १८ र आसिफ शेखले १० रन बनाए ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । भारतका लागि आविशे खान, रवि विश्नोईले तीन/तीन, अर्शदीप सिंहले दुई र साई किशोरले एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २ रन बनायो । उसका लागि ओपनिङ ब्याटर यशस्वी जैसवालले शतकीय इनिङ खेले ।

उनले ४९ बलमा ७ छक्का र ८ चौकाको मद्दतमा शतकीय पारी खेलेका हुन् । टी–२० अन्तर्राष्ट्रियमा जैसवालको यो पहिलो शतक हो । यस्तै, रिंकु सिंहले अविजित ३५, शिवम दुबे, कप्तान ऋतुराज गायकवाडले २५/२५ रन जोडे । जितेश शर्मा ५ र तिलक वर्मा भने २ रनमै आउट भए ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले दुई, सन्दीप लामिछाने र सोमपाल कामीले एक/एक विकेट लिए । नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ ।


सम्बन्धित शीर्षकहरु

इन्डोनेसियाको पूर्वी नुसा तेन्गारा प्रान्तस्थित फ्लोरेस टापुमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परि मर्नेको संख्या ५१ पुगेको छ भने हजारौं विस्थापित…

शनिबार इजरायलले दक्षिण लेबनानमा हिज्बुल्लाहका लक्ष्यहरूलाई निशाना बनाउँदै हवाई आक्रमण गरेको जनाएको छ। लेबनानी राष्ट्रिय समाचार एजेन्सीका अनुसार ती आक्रमणमा…

अमेरिकाले नेपालको केही पुरातात्त्विक तथा सांस्कृतिक (एथ्नोलोजिकल) सामग्रीको आयातमा प्रतिबन्ध लगाएको छ। यो प्रतिबन्ध अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकाय…

प्रतिकृयाहरू
...