Saturday 3rd October 2026

कुवेतमा संविधान दिवस मनाइयो


कुवेत – नेपाली राजदूतावास कुवेतको आयोजनामा नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ ।

कुवेतको फर्वानियास्थित क्राउनप्लाजा होटलमा २० सेप्टेम्बरका दिन कुवेतका परराष्ट्र मामिला सहायक मन्त्री नबिल अल दाखिलको प्रमुख आतिथ्यतामा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईएको हो । प्रथम सचिव प्रेमराज गौतमको संचालन रहेको कार्यक्रममा कुवेत तथा नेपालको राष्ट्रिय गान पश्चात् नवौ संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा केक काटेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

कार्यक्रममा वोल्दै कुवेतका लागि नेपाली कार्यवाहक राजदूत सुजनी रानाले नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा कुवेत तथा इराकमा कार्यरत नेपाली श्रमिक लगायत सम्पूर्ण नेपालीहरुलाई थप प्रगति समृद्धि तथा उज्ज्वल भविष्यको कामना सहित शुभकामना व्यक्त गरेकी थिइन । साथै उनले नेपाल र कुवेतको ५१ वर्ष अगाडिदेखि नेपाल र कुवेतबीच भएको कूटनीतिक सम्बन्ध पछिल्लो समयमा द्धिपक्षीय सम्वन्ध दिनानुदिन प्रगाढ हुँदै गइरहेको चर्चा गरेकी थिइन । कुवेतमा झन्डै नब्बे हजार भन्दा बढी नेपाली श्रमिक कार्यरत रही कुवेतको लागि महत्वपूर्ण योगदान रहेको चर्चा गरेकी थिइन ।

कार्यक्रममा कुवेत सरकारका उच्च पदस्थ अधिकारीहरु, कुवेतस्थित विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक निकायका पदाधिकारीहरु, कुवेतका विभिन्न मिडियाका पत्रकारहरु, एनआरएनए कुवेत, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत, व्यवसायी तथा विभिन्न संघ सस्थाका सिमित प्रतिनिधिहरु , कुवेतमा रहेका नेपाली समुदायका केही व्यक्तिहरुको सहभागिता रहेको थियो । संविधान सभाले २०७२ असोज ३ गते नेपालको संविधान जारी गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...